प्रसिद्ध भैरवस्थानमा हरेलो मेला सुरु
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २०:१७:७
६ भदौ, बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्धनका लागि पहिलो पटक आयोजना गरिएको हरेलो मेला आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा मेला सुरु भएको हो ।
भैरवस्थान मन्दिर पुनःनिर्माण तथा हरेलो मेला व्यवस्थापन उपभोक्ता समितिले मेलाको आयोजना गरेको हो । मेलाको मूल समारोह मङ्गलबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
“मङ्गलबार र शनिबार मात्रै पूजा हुने मन्दिरमा सोमबारसमेत पूजाको प्रबन्ध मिलाएका छौँ, मेला हेर्नकै लागि देशभरबाट भक्तजन आएका छन्”, समिति अध्यक्ष राजु हमालले भने, “यहाँ स्थानीय उत्पादनको प्रदर्शन, स्थानीय कला तथा संकृतिको सवर्धन हुनेगरी मेलाका कार्यक्रम तय भएका छन् ।”
आज स्थानीय पञ्चेबाजा र भजनको विशेष प्रस्तुति रहेको हमालले बताए । तीज गीत प्रतियोगितासमेत आजदेखि नै सुरु हुने आयोजकले जनाएको छ । मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताए ।
“पहिलो पटक आयोजना भएको मेलाले भैरवस्थान चिनाउनेछ”, नगर उपप्रमुख राजु खड्काले भने, “हरेलोमा यहाँ भक्तजनको निकै भीड लाग्छ, त्यसको व्यवस्थापनका लागिसमेत मेला सहयोगी हुनेछ ।”
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीराफट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताए ।
यस पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्मा बताउछन् । बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ ।
कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी नानु बुढाथोकीले बताए । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।
कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्यांजा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँची र काठमाडौँ तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार