नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा ९ करोडको लागतमा पशुपति संग्रहालय तथा महास्नान घरको निमार्ण, पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २२:३८:४०
६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको आज उदघाटन गरेका छन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
धार्मिक महत्वका सुनका जलप लगाईएका मूर्ति, तामा- पित्तल-ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा गरगहना, मुकुण्डो एवम् पुरातात्विक (Archeological) महत्वका छैटौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबिकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक (Archeological) दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नान घर भवनलाई पुर्ननिर्माण गरी यस पवित्र “पाशुपत क्षेत्र” (Paasupat Area) मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक (Archeological) महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको र पुननिर्माण पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । साथै बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाकालदेखि नै कला, संस्कृति, एवम् खेलकुदको संरक्षण तथा प्रबर्दनका लागि सधै सहकार्य गर्दैआएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठमन्दिर, पार्टीपौवा तथा घाट आदिको पुनर्निर्माण एवम् जात्रा, पर्व आदिको प्रबर्दनमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility- (CSR) अन्तर्गत आर्थिक सहयोग मात्र नभई बस्तुगत रुपमै सम्पदाको संरक्षण तथा प्रबर्दन गर्दै आएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार