नेप्से परिसूचकमा गिरावट जारी, हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा !
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २२:३०:४५
६ भदौ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर रु एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै झिनो अंकले उकालो लागेको छ । बैंकिङ एक दशमलव ४८, व्यापार शून्य दशमलव ९४, होटल तथा पर्यटन २९ दशमलव ५३, विकास बैंक २४ दशमलव शून्य पाँच, जलविद्युत् १६ दशमलव ८४, वित्त आठ दशमलव ५९, निर्जीवन बीमा ४७ दशमलव ३३, उत्पादन ३२ दशमलव २३, अन्य १० दशमलव १६, लघुवित्त १५ दशमलव ३३, जीवन बीमा दुई दशमलव ९५, लगानी शून्य दशमलव २९ अङ्कले ओरालो लागेको छ ।
यस्तै सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन अंकले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४१ अर्ब ९७ करोड ४३ लाख ३५ हजार चार सय आठ बराबर कायम भएको छ ।
नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २८ करोड १८ लाख ७१ हजार तीन सय २६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै रिडी हाइड्रोपावर कम्पनी रु आठ करोड ५० लाख ३५ हजार छ सय ९६, प्राइम बैंक रु आठ करोड ४० लाख नौ सय आठ, शिवम् सिमेन्ट रु पाँच करोड ५३ लाख २२ हजार सात सय ९५ र अपि पावर कम्पनी रु पाँच करोड ५२ लाख सात हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९७, सिटिजन म्युचुअल फण्ड एक सात दशमलब २२, सामलिङ पावर कम्पनी पाँच दशमलव ६६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।
त्यस्तै एनआइविएल समृद्धि फण्ड दोस्रो छ दशमलव ७५, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलव २४, श्वेत गङ्गा हाइड्रोपावर चार दशमलव १५, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ८९ र सबैको लघुवित्तका लगानीकर्ताले दुई दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार