स्याङ्जामा भेटिए मिटरब्याजी पीडित दुई जना, के होला त कारबाही ?
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ०:५३:४४
६ भदौ, स्याङ्जा । निरक्षर, गरिब र आर्थिकरुपले अफठ्यारोमा रहेका व्यक्तिहरुलाई शोषण गरेको खबर बाहिर आएपछि गृह मन्त्रालयले कार्यदल गठन गरी उजुरी दिन पाईने व्यवस्था गरेको छ । मिटरब्याजीका कारण धेरै नागरिकको घरखेत लिलामदेखी विचल्ली परेको बिषयमा देशका सबै जिल्ला प्रशासनमा उजुरी दिन पाईने व्यवस्था गृह मन्त्रालयले शुरु गरेको छ ।
सोही मुताविक स्याङ्जामा पनि मिटरब्याजीबिरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता भएको छ । स्याङ्जामा दुई जनाले मिटरब्याजीबाट आफु अफठ्यारो परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
अहिलेसम्म प्रशासनमा दुईवटा उजुरी आएका छन् प्रजिअ पौडेलले भने,‘गृह मन्त्रालयको निर्देशन अनुसार उजुरी गृह मन्त्रालयमा नै पठाईसकेका छौं ।’ के कसरी अनुसन्धान हुन्छ त्यो पछि सार्वजनिक हुनेछ उनले भने । अहिलेसम्म हामीलाई उजुरी बुझ्ने र मन्त्रालय पठाउने निर्देशन भएकाले सोही बमोजिम उजुरी गृहमा पठाएको बताए । छानविनको अधिकार हामीसँग नभएको र पछि मन्त्रालयले प्रशासनमै पठाएमा छानविन गर्न भनेमा जिल्लाबाटै हुने प्रजिअको भनाई छ ।
दुबै उजुरी फेदीखोला गाँउपालिकाबाट आएको प्रशासनले जानकारी दिएको छ । उजुरीकर्ता र मिटरब्याजीमा अपराध गर्ने (पीडित र पीडक) व्यक्तिको नाम भने गोप्य राखिएको छ । दुई उजुरी प्रशासनमा परेपछि भने जिल्लामा यस्तो अपराध धेरै हुन सक्ने आशंका प्रशासनले लगाएको छ ।
गोप्य रुपले त्यस्ता अपराधीक क्रियाकलाहरु घटेका छन् भने उजुरी दिन प्रशासनले आग्रह समेत गरेको छ । लेनदेन गर्नु अपराध नभएपनि लेनदेनबाट कमाउने उद्देश्य राख्नु गैह्रकानुनी हुने बताइएको छ ।
मिटरब्याजीबाट आर्थिक अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सरकारले साउन २७ गते गृहमन्त्री स्तरीय बैठकबाट कार्यदल गठन भएको थियो । यो सुचना सार्वजनिक भएपछि उजुरी दिनेक्रम बढ्न थालेको छ ।
आर्थिक अपराधिक क्रियाकलापमा परेका उजुरी माथी गृह मन्त्रालयले कसरी छानविन र कस्तो कारवाही हुने छ भन्ने बिषय भने खुलाइएको छैन । यस्ता अपराधमा संलग्न व्यक्तिहरुलाई कडा कारवाही र यो सुचनालाई वडा तहसम्म पु¥याउनुपर्ने स्थानीयहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार