झापा ५ मा गठबन्धनबाट कांग्रेस युवा नेता भण्डारी प्रदेश सांसदको उम्मेदवार बन्ने
यज्ञप्रसाद भट्टराई
भदौ ६, २०७९ मंगलबार २:४:१८
६ भदौ, दमक । देशमा बिस्तारै निर्वाचनको सरगर्मी बढदै जान थालेको देखिदैछ । देशमा क्रियाशील दलहरु मात्र हैन, स्वतन्त्र रुपमा आफुलाई मुलुकको नेतृत्व गर्छौं भन्ने व्यक्तिहरुको समेत आगमनले विगतका निर्वाचनमा भन्दा यसपटकको निर्वाचन झनै रोचक र घोचक हुने देखिदैछ ।
केन्द्रीय तहमा दलहरु जनता आफ्नोतर्फ कसरी आकर्षित गराउन सकिन्छ भनेर योजना बनाउन मात्रै व्यस्त छैनन्, कसरी आफ्ना आफन्त, वरिपरि लागिरहने, सधै ज्यु हजुरीमा लागिरहने, कसले निर्वाचनमा ठुलो राशीको सहयोग गर्न सक्छ, कसले परिआउँदा आफ्नो झोला बोक्न सक्छ, त्यस्तालाई कसरी टिकट मिलाउने भन्ने ध्याउन्नमा छन् भने बर्षौसम्म घामपानी नभनी जनताका घर आँगनमा गएर जनतासँगै सुखदुख साटेका स्थानीय नेताहरु पनि कतै टिकट पाईएला कि भनेर आशै आशमा बसेका छन् ।
झापा जिल्ला राजनीतिको उद्गम भूमि हो । विभिन्न कालखण्डमा झापाली जनताले राजनीतिक परिवर्तनको आन्दोलनमा पुर्याएको योगदानलाई नजरअन्दाज गर्ने हो भने त्यो राजनीतिक दलहरुको ठुलो भुल हुनेछ । सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोकेसँगै उम्मेदवार बन्ने महत्वकांक्षा बोकेका विभिन्न राजनीतिक दलका नेताहरु अहिले आफुलाई अघोषित रुपमा उम्मेदवार बन्ने चाहनासहितका समाचारहरु सामाजिक सञ्जालमार्फत र अनलाइन तथा छापा समाचारका माध्यमबाट गराउन समेत थालिसकेका छन् ।
झापा जिल्लाको क्षेत्र नं ५ मुलुकमै अत्यन्तै चासो र चर्चामा रहेको निर्वाचन क्षेत्र हो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भन्दा बढी पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा ५ मा बढी चासोका रुपमा हेरिन्छ । यस क्षेत्रमा रहेका विभिन्न दलहरु सँगै नेपाली कांग्रेसभित्र पनि यस क्षेत्रमा को उम्मेदवार बन्ने भन्ने चर्चाले बजार तताउन थालेको देखिन्छ ।
नेपाल बिद्यार्थी संघमा अग्रणी भुमिका निभाउँदै २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा झापामा वर्तमान कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मासँगै आन्दोलनको कमान्ड सम्हालेका व्यक्ति ढुण्ढीराज भण्डारीको समेत प्रदेश सांसदमा उम्मेदवार बन्ने चर्चा चुलिएको छ । लामो समयसम्म नेपाल बिद्यार्थी संघको नेतृत्वमा रही उल्लेख्य काम गरिसकेका भण्डारीलाई नेपाली कांग्रेसले तत्कालीन दमक वार्ड नं १३ को वडा सभापतिको नेतृत्व सम्हाल्न जिम्मेवारी प्रदान गरेको थियो ।
पार्टी संगठनमा अत्यन्तै कुशल मानिएका कांग्रेस नेता भण्डारीलाई नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा दमक जस्तो पुरानो र धेरै नेताहरु रहेको ठाउँमा दमक नगर समितिको सभापतिमा अत्याधिक मतले बिजयी गराएका थिए । पार्टीभित्र पाका नेतृत्वलाई सम्मान गर्दै संगठन निर्माण र पार्टी नेतृत्वमा युवापंक्तिलाई अगाडि बढाउने नेता भण्डारीले नेपाली कांग्रेसको जग बलियो बनाउने काम गरेको दमक कांग्रेसका पुराना नेताहरु बताउँछन् । राजनीतिलाई पेशाभन्दा सेवाको भावमा बुझ्ने कांग्रेसका युवा नेता भण्डारी समाजवादी चिन्तक सीके प्रसाईंबाट प्रभावित भई आफू राजनीतिमा आएको बताउँछन् ।
राजनीतिले नेताको हैन जनताको जीवनस्तर माथि उठेको प्रत्यक्ष अनुभुति जनताले नगरेसम्म हामीले गरेको राजनीतिको कुनै अर्थ नरहने बताउने युवा नेता भण्डारीलाई झापा क्षेत्र नं. ५ को आशालाग्दो भविष्य बोकेको र केही गर्नसक्ने नेताको रुपमा समेत हेरिन्छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा झापा क्षेत्र नं. ७ को क्षेत्रीय सभापति बनेका कांग्रेस नेता भण्डारीले झापा कांग्रेसमा समेत बलियो पकड बनाएका छन् । माई पश्चिमको सिङ्गो कांग्रेस नेतृत्व सम्हाल्न सक्ने क्षमता राख्ने नेता भण्डारीलाई २०७४ सालको स्थानीय निर्वाचनमा ओलीको गृहनगर रहेको दमकमा नेपाली कांग्रेसले मेयर पदको प्रत्यासी समेत बनाएको थियो ।
जुझारु र शालिनता दुवै कुराले उत्तिकै परिपुर्ण कांग्रेस क्षेत्रीय सभापति भण्डारी दमकका विभिन्न शैक्षिक तथ सामाजिक संस्थामा समेत आबद्ध रही सहयोग पुर्याईरहेका व्यक्ति हुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापा क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा अत्यधिक मतले निर्वाचित भएका कांग्रेस युवा नेता भण्डारी आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं. ५ ‘ख’ बाट प्रदेश सांसदको उम्मेद्वार बन्ने चर्चाले अहिले सिङ्गो झापा कांग्रेसमा प्राथमिकता पाएको छ ।
पार्टी संगठनभित्र कुशल संगठनकर्ता मात्र नभई प्रतिपक्षी दलहरुसँग उत्तिकै खरो उत्रिन सक्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति भण्डारीले प्रदेश सांसदको टिकट पाए यसपटक झापा क्षेत्र नं. ५‘ख’ नेपाली कांग्रेसले प्रदेशको निर्वाचन जित्नसक्ने अनुमान कांग्रेसको छ । आम कार्यकर्ताबीच ढुण्ढीराज भण्डारीको लोकप्रियताले नेपाली कांग्रेसको सिङ्गो झापा जिल्लाको नेतृत्व समेत टिकट वितरणमा चनाखो हुन बाध्य भएको देखिदैछ ।
सक्षम व्यक्तिलाई उम्मेदवार बनाउन सके पार्टी संगठनमा समेत दरार नआउने कुरा कांग्रेस नेतृत्वले बुझ्न सक्ने हो भने यसपटक झापा क्षेत्र नं. ५ ख मा ढुण्ढिराज भण्डारीलाई यस क्षेत्रका बासिन्दाले पनि न्याय गर्ने अवस्था बन्दै गैरहेको अवस्था देखिदैछ । गुट उपगुटभन्दा माथि उठेर सिङ्गो कांग्रेस निर्माणमा लागेका युवा नेता तथा कांग्रेस क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति भण्डारीले विगत र वर्तमानमा गरेका सकारात्मक क्रियाकलापहरुले उनको प्रदेश सांसदसम्मको यात्रा सुनिश्चित प्रायः देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार