‘प्रधानमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार रहेको क्षेत्र बाहिर प्रचार प्रसार गर्न पाउनुपर्छ’
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ३:७:३३
६भदौ , काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रीले चुनाव प्रचार प्रसार गर्न पाउनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को आचारसंहिताको मस्यौदाबारे राजनीतिक दलसँग छलफल गर्दा कांग्रेसले उक्त माग गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री तथा मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहिर समेत प्रचार प्रसार गर्न पाउनुपर्ने सुझाव दिएका छन् ।
आयोगमा आयोजित छलफलमा परियारले भने, “पार्टीको नेतृत्व तथा जिम्मेवार पदाधिकारीले दल र आफ्ना उम्मेदवारको प्रचारका लागि हिंड्न नपाउने व्यवहारिक भएन ।” उनले पार्टी सभापति नै प्रधानमन्त्री रहेको र कतिपय मन्त्रि नै पार्टीको जिम्मेवार पदमा रहेकोले यसप्रकारको बन्देज व्यवहारिक नहुने तर्क गरे ।
आयोगले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र प्रदेशका मन्त्रीले आफ्नो चुनाव क्षेत्रबाहेक प्रचार प्रसारमा जान नपाउने आचारसंहिताको मस्यौदामा राखेपछि नेपाली काँग्रेसले उक्त व्यवस्थाबारे आयोगको ध्यानाकर्षण गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरुले उठाएको विषयमा छलफलमै रहेको र आचारसंहिता स्वीकृत भइनसकेकोले आयोगले आवश्यक निर्णय लिने बताएका छन् ।
छलफलमा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरे लगत्तै नै चुनावी प्रचार प्रसार गर्नु पाउनुपर्ने माग गरेका छन् । आयोगले आचारसंहिताको मस्यौदामा राजनीतिक दल तथा उम्मेदवारले मौन अवधि सुरु हुनुभन्दा १५ दिनअघिदेखि प्रचार प्रसार गर्न पाउने व्यवस्था राखेको छ । छलफलमा परियारले भने, “कि उम्मेदवारी दर्ता मतदानको दिन नजिक सार्नुपर्यो, नभए उम्मेदवारी दर्ता लगत्तै प्रचार प्रसारमा जान दिनुपर्यो ।” मङ्सिर ४ गते मतदानको मिति तय भएकोमा निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारी दर्ता गर्नेछ ।
छलफलमा सहभागी नेकपा(एमाले)का नेता निरज आचार्यले प्रचार प्रसारको अवधिबारे खुला रहेको बताए । छलफलमा नेकपा (एमाले)ले लिख्ति रुपमै ३७ बुँदे सुझाव दिएको छ । आचार्यका अनुसार अनुगमनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिन नहुने, जुलुसका लागि स्थानीय प्रशासनलाई जानकारी गराए पुग्नेलगायतका सुझाव दिएको जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का लिलामणि पोखरेलले मत सर्वेक्षण गर्नु पाउनुुपर्ने, उजुरी जुनसुकै रुपमा आएपनि स्वीकार गरेर छानविन गर्नुपर्ने माग गरे । मस्यौदामा चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी जान नपाउने, दुई वटा झण्डामात्रै लिन पाउने लगायतको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार