एनएमबी बैंकका ६ प्रदेशका ६ शाखा महिलाले हाँक्छन्
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ४:९:१९
६ भदाै, काठमाडाैं । एनएमबी बैंकले सोमबार एक कार्यक्रम गरेर आफ्ना महिला कर्मचारीहरूलाई सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गर्यो । यसरी सम्मान गर्दा बैंकले ६ प्रदेशमा शाखा हाँकिरहेका महिला प्रमुखहरूलाई सम्मान गरेको थियो ।
बैंकले महिलालाई संविधानमा लेखेर मात्र होइन, जिम्मेवारी नै दिएर सशक्त बनाउनुपर्ने सोचका साथ जिम्मेवारी दिइएको थियो । उक्त कार्यमा सफल भएको भन्दै सम्मान गरेको हो । बैंकले महिला सशक्तिकरण योजनाअन्र्तगत महिलाहरूले हाँकेका शाखा प्रमुखहरूलाई सम्मान गरेको हो ।
बैंकले सातवटै प्रदेशमा महिला नेतृत्व पु¥याउने लक्ष्यका साथ केही वर्षदेखि महिलाहरूलाई जिम्मेवारी दिन थालेको थियो । हाल कर्णालीबाहेक अरु प्रदेशमा महिला नेतृत्वमा शाखा खोलेको छ। बैंकले आगामी दिनमा महिलाहरूलाई थप जिम्मेवारी दिँदै महिलाले नेतृत्व गरेको शाखाहरूको संख्या वृद्धि गर्ने बताएको छ।
कार्यक्रममा बोल्दै बैंकका सीईओ सुनिल केसीले महिलाहरूलाई अगाडी वढाउन बैंकले गरेको सानो शुरुवात भएको बताए । उनले आगामी दिनमा यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेका पनि जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष एवं व्यवसायी भवानी राणाले बैंकले महिलाहरूलाई सशक्तिकरण गर्नु राम्रो कुरा भएको भन्दै प्रशंसा गरिन् । उनले बैंकहरूमा पछिल्लो समय महिलाहरूको आर्कषण र सेवा सुविधापनि राम्रो भएको र बैंकले पनि यसरी प्राथमिकता दिनु राम्रो भएको बताइन् ।
महिला व्यवसायी एवं द्वारिका होटलकी सञ्चालक अम्बिका श्रेष्ठले पनि बैंकको कार्यको प्रशंसा गरिन । उनले आफूहरूको समयमा महिलाहरू व्यवसायमा आउन निकै कठिन भएको र महिलाहरूका लागि निकै संघर्ष गर्नुपरेको बताइन् । उनले तत्कालीन समयमा महिलालाई घरबाटै निस्कन समस्या भएको तर अहिले समाज निकै खुल्ला भएकाले महिलाहरूले पनि केही गर्न सक्छन भन्ने हुँदै गएको बताइन् । उनले बैंकले यसरी महिलाहरूको मात्र शाखा बनाउनु राम्रो कदम भएको र आगामी दिनमा पनि यसलाई अझ वढाउन सुझाव दिइन् ।
कार्यक्रममा पूर्वसम्मानित शाखा प्रमुख प्रनिशा श्रेष्ठले महिलाहरूलाई घरभित्र मात्र सिमित गराउने गरेकोमा अव बाहिर निस्कनुपर्ने बताइन् । उनले महिलाहरू पढ्ने, विहे गर्ने अनि घर परिबार सम्हाल्नेमा मात्र सीमित भएकाले यसलाई हटाउनुपर्ने बताइन् । एनएमबी बैंकको हाल देशभर दुई सय एक शाखा छन् ।
यस्तै बैंकले हाल एक सय ३८ ओटा एटीएम तथा ११ ओटा एक्टेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको सिईओ श्रेष्ठले गरे ।कार्यक्रम सहभागी विभिन्न क्षेत्रका सफल महिला उद्यमीहरूले महिलाहरूलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको बताए ।
एनएमबि बैंकले प्रत्येक प्रदेश मामहिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहनुभएका महिला दिदीबहिनीहरूको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । महिलाहरूलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पु¥याउने अपेक्षा राखेको सिइओ श्रेष्ठले बताए ।
महिला कर्मचारीको नेतृत्वमा संचालित शाखाहरू
प्रदेश शाखा प्रमुख
प्रदेश १ शोभिता पन्त (टंकिसिनुवारी)
मधेश प्रदेश मल्लीका ठाकुर ( महोत्तरी)
बागमती प्रदेश प्रफुल्ला मानन्धर (काठमाडौ बल्खु )
गण्डकी प्रदेश खिमकुमारी गुरुङ (चाउथे)
लुम्बिनी प्रदेश सिता भुसाल(भलवारी)
सुदुर पश्चिम प्रदेश नन्दकुमारी भण्डारी (धनगढी)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार