दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ४:३९:४७
६ भदाै, एजेन्सी । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । दक्षिण कोरियाली मिडियाका अनुसार यस्तो अभ्यासको चार वर्षका दौरानमा यस पालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको छ।
सम्भावित बढ्दो तनाबले गर्दा त्यसो गर्नु परेको बताइएको छ। जारी सैन्य अभ्यास सेप्टेम्बर १ सम्म चल्नेछ जसमा कमाण्ड पोस्ट, क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशन लगायतका विधाहरू समावेश हुने बताइएको छ।
अभ्यासको पहिलो सत्रमा दुई देशका सेनाले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्न र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यास गर्ने बताइएको छ। दोस्रो भाग अन्तर्गत प्रतिआक्रमण मिसनका विषयहरू हुनेछन्। यसका अतिरिक्त दक्षिण कोरियाली र अमेरिकी सैनिकहरूले क्षेत्रीय युद्धाभ्यासको क्रममा १३ संयुक्त प्रशिक्षण कार्यक्रमहरूमा सैन्यकौशलका विभिन्न विषयहरू समावेश गर्नेछन् ।
समाचार एजेन्सी एएनआईका अनुसार अभ्यासमा पूर्ण परिचालन क्षमताको मूल्याङ्कन र अमेरिकाबाट दक्षिण कोरियामा परिचालन नियन्त्रण प्रविधि हस्तान्तरण लगायतका विषय पनि समावेश हुनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार