निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता हुन्छ : पूर्वप्रधानमन्त्री खनाल
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ५:०:३१
६ भदाै, रामपुर (पाल्पा)। नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिएका छन् ।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले स्पष्ट पारेका छन् । नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनको भनाइ छ ।
मङ्सिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए ।
कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार