क्रिकेट टोलि केन्या प्रस्थान
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १४:१६:०
भदौ ७, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलि अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी श्रृखंला खेल्न केन्या प्रस्थान गरेको छ । सोमबार राति नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन सम्मिलित टोलि केन्या प्रस्थान गरेको हो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलिमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आसिफ शेष, आरिफ शेष, दिपेन्द्र सिंह ऐरी, देव खनाल, अर्जून साउद ब्याट्सम्यानका रुपमा अटाएका छन् । त्यसैगरी, पवन सर्राफ, विवेक यादव, सोमपाल कामी, बसिर अहमद, आदिल आलम अलराउन्डरको रुपमा टोलिमा स्थान बनाएका छन् ।
साहब आलम, किशोर महतो, करण केसी विशेषज्ञ बलरका रुपमा टोलिमा छन् । नेपाल क्रिकेट संघले सोमबार नै केन्या जाने भ्रमण टोलिको विदाइ गरेको थियो ।
पुबुदु दसानायके प्रमुख प्रशिक्षकबाट राजीनामा गरेपछि संघले प्रमुख प्रशिक्षकको रुपमा मनोज प्रभाकरलाई नियुक्त गरेको थियो । प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टोलिले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।
नेपाली क्रिकेट टोलिले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा अन्तर्राष्ट्रिय टी र एकदिवसीय अन्तर्राष्ट्रियको श्रृखंला खेल्नेछ । केन्या भ्रमणमा नेपालले पाँच टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने तालिका रहेको छ । भ्रमणको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल आगामी बिहीबार ९, भदौमा हुनेछ । अन्तिम टी ट्वान्टी खेल भदौ १४ मा खेलाइनेछ ।
तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको पहिलो खेल १७ भदौमा खेलिनेछ । दोस्रो एकदिवसीय खेल १८ भदौमा र भ्रमणको अन्तिम एकदिवसीय खेल २० भदौमा खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार