धुलिखेलमा राजमार्गमै बम फेला पर्यो, डिस्पोजपछि सवारी साधन सुचारु
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १६:५:१९
७ भदौ , काभ्रे । बीपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन सुचारु भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बीपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएको हो ।
खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखे पछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।
बम राख्नेको खोजी भईरहेको काभ्रे प्रहरीले जनाएको छ । सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।
काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार