अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार १८:५६:५२
७ भदौ, एजेन्सी । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको संख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्यांकबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मंगालबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो संख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया)मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए । सन् २०१९÷२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए ।
एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन् । उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन् ।
मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन् । सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार