पर्यटकीयस्थल खोप्रामा आवास सुविधा विस्तार
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार २०:१५:७
७ भदौ, बेनी । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने म्याग्दीको पर्यटकीयस्थल खोप्रामा पर्यटकका लागि आवास सुविधामा विस्तार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा पाउद्वार पर्यटन सहकारीले आवास सुविधा विस्तार गरेको हो ।
बीस कोठामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकामा सहकारीले थप आठ कोठे आवास भवन निर्माण गरेको हो । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत वर्ष रु १३ लाख बजेट उपलब्ध गराएको थियो । यस वर्ष सहकारीले भवन बनाउन रु २८ लाख ५० हजार खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।
वडाध्यक्षसमेत रहनुभएका तिलिजाका अनुसार, उक्त भवनको जग निर्माण गर्न फ्रान्सेली नागरिकले रु ६५ लाखभन्दा बढी लगानी गरेका थिए । बढी खर्चिलो भएर फ्रान्सेली नागरिकले बीचैमा भवन निर्माण गर्न छाडेपछि पर्यटन सहकारीको अगुवाइमा सो भवनलाई पूर्णता दिइएको हो । यसअघि पाउद्वार मावि र हिमांचल मावि सञ्चालनका लागि खोप्रा लेकमा संचालन गर्दै आएको सामुदायिक होटललाई दुई वर्षदेखि भने पर्यटन सहकारी मातहत ल्याइएको छ ।
पर्यटन क्षेत्रको लाभ समुदायमा पु¥याउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो पटक सहकारीमार्फत होटल सञ्चालनमा ल्याइएको हो । खोप्रालेक समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गसमेत पुनकै नेतृत्वमा सञ्चालनमा ल्याइएको थियो ।
खोप्राको होटललाई हिमाली क्षेत्रमा समेत धुवाँरहित बनाउने अवधारणाअनुसार अघि बढाइएको छ । पाउद्वार पर्यटन सहकारीमा एक सय ५० बढी शेयर सदस्य आबद्ध छन् भने प्रतिशेयर सदस्यहरुले रु २५ हजारदेखि रु तीन लाखसम्म लगानी गरेका छन् । पाउद्वारका स्थानीयवासीसँगै बेनी, पोखरालगायत स्थानमा बसोबास गर्नेहरुले समेत उक्त सहकारीमा लगानी गरेका छन् ।
शेयर सदस्यमार्फत संकलन भएको रकमलाई पर्यटन पूर्वाधार विस्तारमा लगानी गर्न थालिएको छ । अहिले रु ९१ लाख शेयर पूँजी मौज्दात छ । सहकारीले तीन कर्मचारी नियुक्त गरी नियमित रुपमा खोप्रामा होटल संचालन गरिरहेको छ । यस वर्ष बर्खायाममा नै पर्यटकको आगमन भएको छ । यहाँ बाह्यसँगै आन्तरिक पर्यटकको चाप बढ्दो छ ।
भदौदेखि मंसिर र फागुनदेखि जेठसम्म पर्यटकको आगमन बढी हुन्छ । पर्यटकको घुम्ने अवधि बढाउन स्थानीयवासीले पाउद्वार तातोपानी–गोनपानी–चित्रे–भालखारा–खोप्रा–खयर हुँदै पाउद्वार गाउँ जोड्ने गरी नयाँ पर्यटकीय पदमार्गलाई संचालनमा ल्याउने तयारी गरेका छन् । समुद्री सतहदेखि तीन हजार ६ सय १० मिटर उचाइमा अवस्थित खोप्रा डाँडाबाट अन्नपूर्ण, नीलगिरि, धौलागिरि, गुर्जा, चुरेनलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार