एन्फामा चरम लापरवाही, लिगको फाइनल खेल टुङ्गो नलाग्दा खेलाडीहरु अलमलमा
नेपालबहस संवाददाता
भदौ ७, २०७९ मंगलबार २३:२४:२५
♦प्रकाश डोटेल
७ भदौ, स्याङ्जा । अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले जिल्लास्तरीय फुटवल लिग प्रतियोगिता लथालिङ्ग बनाएको छ । संघका अध्यक्ष तथा पदाधिकारीको गैरजिम्मेवारी र लापरवाहीले लिग लथालिङ्ग बनेको हो ।
२०७९ को पहिलो महिनामा लिगको छनौट भएपनि हालसम्म फाइनल खेल हुन सकेको छैन् । लिगको फाइनल पुगेका इनर्जेटिक युवा क्लब र स्याङ्जा युथ क्लबका खेलाडीहरु अलमलमा परेका छन् । लिगको फाइनल खेल टुङ्गो नलाग्दा खेलाडीहरु अलमलमा परेका हुन् ।
जिल्लास्तरीय लिग संचालनका लागि एन्फाको केन्द्रबाट प्राप्त ३ लाख कहाँ खर्च भएको त्यसको लेखाजोखा छैन् । एन्फा स्याङ्जाका एक सदस्यका अनुसार लिग ंसंचालनका लागि आएको ३ लाख समेत अपारदर्शी तबरबाट खर्च गरिएको छ । ३ लाख अनियमित रुपमा खर्च गरिएको त्यी सदस्यले आरोप लगाए ।
अनुदानको अपारदर्शी खर्च र लिगको फाइनल खेल हुन नसक्दा एन्फाका सदस्य र पदाधिकारीबीच खटपट समेत शुरु भएको छ । ३ लाख अनुदान खर्चमा हात हुनेहरुले फाइनल खेल हुने दाबी गरेपनि सदस्य तथा खेलाडीहरुले एन्फाप्रति खबरदारी बढाउँदै लगेका छन् ।
जिल्ला अधिबेशनसँगै केन्द्रिय अधिवेशन पनि भएकाले केही अलमल देखिएको एन्फा स्याङ्जाका अध्यक्ष मुक्त रानाले बताए । अनुदानमा ३ लाख आएको हो, अनुदान रकमबाटै लिगको फाइनल खेल हुने अध्यक्ष रानाले जानकारी दिए । नियमित बैठक बस्न नसक्दा खटपट देखिएको उनले स्वीकारे ।
एन्फा स्याङ्जाको अधिबेशन सम्पन्न भएको करिब ४ महिना बितिसक्दा समेत नियमित बैठक बसेको छैन् । बैठक बस्न नसक्दा आयव्यय लथालिङ्ग भएको छ, भने लेखा प्रणाली समेत ध्वस्त भएको ती सदस्यले जिकिर गरे ।
नियमित खेल संचालन गर्न र खेलाडी उत्पादनमा कमजोर रहेको स्याङ्जामा एन्फामा विवाद देखिनु राम्रो नभएको संघका पदाधिकारी नै बताउँछन् । तोकिएकै तालिकमा फाइनल खेल हुन नसक्नु र खेल संचालनका लागि आएको रकम अनियमित हुनुले अध्यक्षको भूमिका नै गैरजिम्मेवार भएको उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार