नवौँ राष्ट्रिय खेलकुद : पोखरा रङ्गशालामा स्वास्थ्य केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
भदौ ७, २०७९ बुधबार ३:५५:८
भदौ ७, कास्की।
आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्र नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यलाई आग्रह गरे ।
खेलाडीको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्नसमेत उनले आग्रह गरेका छन् । उपसमितिको बैठकमा सिनियर फिजियोथेरापिष्ट तथा सल्लाहकार डा खड्गसिंह गुरुङ, नेपाली सेना फूलबारी ब्यारेकका सेनानी जीवन पौडेल, सोही ब्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्य शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागी थिए ।
पोखरा रङ्गशालामा सञ्चालन हुने स्वास्थ्य केन्द्रमा हाल एक जना स्वयंसेवी परिचारिका नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिष्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ । गण्डकीका विभिन्न जिल्लामा खेलाडी प्रशिक्षण सुरु भएको छ भने निर्माणाधीन खेल पूर्वाधारलाई पूर्णता दिन लागिएको छ ।
पोखरा रङ्गशालामा राष्ट्रिय खेलकुद मूल आयोजक समितिको कार्यकारी सचिवालयको स्थापना गरी आवश्यक व्यवस्थापकीय र प्रशासनिक कार्य सुरु भएको छ । प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, प्रचारप्रसार, स्वास्थ्य, स्वयंसेवक व्यवस्थापनलगायत विभिन्न उपसमितिमार्फत काम अघि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार