पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै
नेपालबहस संवाददाता
भदौ ७, २०७९ बुधबार ४:२७:३१
भदौ ७, काठमाडौं।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्न लागेका छन् ।
दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि उहाँले भ्रमण गर्न लाग्नु भएको अधिकारीहरूले जनाएका छन् ।
“कतारबाट अमिर शेख तमिम बिन हमाद अल थानीको निमन्त्रणामा म त्यस तर्फ जान लागेको हुँ, दुई देशको सम्बन्ध र सहकार्यसँगै हाम्रो मित्रता र भाइचारा बढाउन भ्रमण फलदायी हुने आशा गरेको छु,” प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
रणनीतिक र ऐतिहासिक सम्बन्धलाई नवीकरण गर्नका लागि भ्रमणलाई उपयोग गर्ने दुवै पक्षको योजना छ ।
भ्रमणका क्रममा उहाँले कतारका उच्च राजनीतिक अधिकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्।
पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण टोलीमा पाकिस्तानी मन्त्रिपरिषद्का मुख्य मुख्य सदस्यहरूसँग उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।
उहाँले नविकरणीय उर्जा, खाद्य सुरक्षा, औद्योगिक तथा भौतिक संरचनाहरूको निर्माण, पर्यटन, सर्वपक्षीय विकास लगायतका क्षेत्रमा कतारी पक्षको लगानी पाकिस्तान ल्याउन प्रयत्न गर्नेछन् ।
उनको दुई दिने भ्रमण यही अगस्ट २३ र २४ तारिखमा हुने तय भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार