शिक्षक, कर्मचारीलाई दलीय आबद्धता त्याग्न काठमाडौं महानगरपालिकाको आग्रह
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १३:२७:८
भदौ ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहातको कर्मचारीलाई दलीय आबद्धता त्याग्न आग्रह गरेको छ । महानगरपालिकाले एक विज्ञप्ती जारी गरी अन्र्तगतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग गरी कानुनको परिपालना गर्न आग्रह गरेको हो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरपालिका अन्र्तगतका शिक्षक तथा कर्मचारीको कुनै दलसँग आबद्धता देखिए सूचित गर्न आग्रह गरेका छन् । उच्च अदालत पाटनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था रहेकोमा उक्त आदेशको परिपालना गर्न परमादेश जारी गरेको थियो । उनले अदालतको आदेश परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको दायित्व रहेको बताएका छन् ।
उनले काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवद्र्धन गर्नका लागि त्यसप्रकारको आबद्धता हुन नहुनेमा जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आयल निगम १० अर्ब नाफामा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार