समानुपातिकतर्फ भाग लिने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १३:३७:३१
८ भदाै, काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिकतर्फ भाग लिने चाहने दललाई आयोगले निवेदन पेस गर्न आह्वान गरेको हो ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भदौ १० गतेदेखि १२ गतेभित्र राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान गरेको बताए । आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्दा ८७ दल दर्ता भएका थिए ।
दर्ता भएको दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको गतिविधि सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल दर्ता भएका छन् । १२ वटा दलले तालमेल गरेर चुनावमा स्पर्धा गर्न चार वटा समूह बनाएका छन् । एकल चुनाव चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग अलग रुपमा निवेदन दिन पाउनेछन् ।
निवेदनसँगै सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि बुझाउनुपर्नेछ । तर त्यस्तो निर्णयमा अधिकार प्राप्त अधिकारीले हस्ताक्षर गरी दिनुपर्नेछ ।
दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्ने आयोगले जनाएको छ । आयोगको निर्वाचन कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार