काठमाडौंको खसीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १६:३१:८
८ भदौ, काठमाडौं । काठमाडाैंको कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार