बाँकेमा चुनावी चहलपहल सुरू
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बुधबार १८:४५:४७
८ भदौ, राँझा। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि संचालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ ।
तीन संघीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा ९एमाले०ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सकेर निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।
उक्त पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमै एकचरणको निर्वाचन केन्द्रित कार्यक्रम गरिएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए । आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति नारायण गौडेलले बताए । उनले अन्य दलसँग गठबन्धन भए पनि नभए पनि कांग्रेसले निर्वाचन केन्द्रित आफ्नो आन्तरिक तयारी गरेको उल्लेख गरे ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी अभियान सुरु गरेका छन् । बाँके क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र प्रदेशसभामा राजकुमार रौनियारले मंगलबारबाट चुनावी अभियान सुरू गरे ।
समर्थकहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर विधिवत् रुपमा आफ्नो चुनावी अभियानको सुरुआत भएको स्वतन्त्र उम्मेदवार खनालले जानकारी दिए । मंसिर ४ गते तय भएको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र– २ को प्रदेश ‘ख’ बाट अभियानकर्मी डा. विनोद कर्णले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरी चुनावी प्रचारप्रसारमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार