उपचार चल्दै गर्दा कैदी हतकडीसहित फरार !
नेपालबहस संवाददाता
भदौ ८, २०७९ बिहिबार २:३१:५०
८ भदौ, काठमाडाैं । ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्। बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए।
फरार हुनेमा रामेछापका भोला बुढाथोकी हुन । उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। २०७२ सालदेखि कैद भुक्तान गरिरहेका थिए।उनको आँखामा समस्या देखिएपछि महाराजगन्ज लगिएको थियो।
‘झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको काम हुँदै थियो। फलोअपको लागि आज अस्पताल लग्दा भागेको बताइएको छ ।उनको एक हातमा हतकडी समेत लागेको अवस्थामा भागेका हुन । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ।
उनको आधा कैद भुक्तान हुनेबेला भइसकेको थियो। त्यसो हुँदा राम्रो चालचलन भएका व्यक्तिहरूको सजाय मिनाह गरी जेलबाट छाड्ने गरिन्छ। तर उनी अब थप जेल सजाय भोग्नुपर्ने जेलरले बताए। प्रहरीले उनको खोजी गर्न थालेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार