व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, स्वदेशमै शून्यबाट करोडौंको कारोबार !

नेपालबहस संवाददाता
भदौ ८, २०७९ बिहिबार ४:९:३०

८ भदौ, काठमाडौं । भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको बाटो खुल्छ । नेपालको सन्दर्भमा भने रोजगारीका लागी वर्षेनी हजारौँ युवा विदेश पलायन हुने गरेका छन् । उनीहरू जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालमा पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना नहुनु, लगानी मैत्री वातावरण अनुकूल नहुनु, राजनीतिक अस्थिरताका कारण ठूलो संख्यामा युवा विदेश जान बाध्य छन् ।
स्वदेशमा विभिन्न समस्याहरूका बीचमा पनि धेरै युवाहरू नयाँ–नयाँ विकल्पको खोज र उद्यमशीलतातिर अग्रसर भएका देखिन्छन् । सम्भावनाहरूलाई सम्भव बनाउने लामो दौडमा इन्जिनियर चन्द्रदिप जोशी दौडिरहेका छन् । स्वदेशमै स-साना अवसरहरूलाई सदुपयोग गरेर आफ्नो आम्दानीसँगै रोजगारीको अवसर सिर्जना गर्ने सके मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने कुरालाई जोड दिने इन्जिनियर जोशी विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि, उज्यालो विजनेश ग्रुप प्रालि र जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालि उनका मुख्य व्यवसाय हुन् । तुलसीधर शर्मा जोशी र नर्मदादेवी जोशीको कोखबाट उनको डोटी स्थित बड्डिकेदार गाउँपालिकाको रोमायालमा जन्म भयो । उनी ३ महिनाको हुँदा आमा बुवासँगै बसाई सरेर कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा आए ।
बाल्यकाल मसुरियामा बिताएका चन्द्रदिपले विभिन्न ठाउँ र समुदायका मानिससँग बिताउन पाए । तराईको विशेषता नै यो हुन्छ कि त्यहाँ विभिन्न समुदायका मानिसहरू बस्छन् र फरक–फरक रीति संस्कृति साटासाट गर्न पाउँछन् । थारु समुदाय र अधिकांश थारु समुदायका साथीहरूको संगत गरेका जोशी थारु भाषा गर्वका साथ बोल्छन् । एसएलसीसम्मको अध्ययन उनले मसुरीयामै रहेको जनप्रिय उच्च माविबाट गरे । इन्जिनियर बन्ने सपना बुनेका युवा व्यवसायी जोशीले प्रवीणता प्रमाण पत्रको अध्ययन भने सदरमुकाम धनगढीमा रहेको ऐश्वर्या विद्या निकेतनबाट गरे । इन्जिनियरिङ्ग पढ्न काठमाडौं आएका उनले क्याथफोर्ड इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङ्ग पास गरे ।
इन्जिनियरिङ्गको अध्ययन गर्दा गदै काठमाडौंको बसाइँले उनको मनलाई व्यापार व्यवसायले तानिरहेको थियो । उनी सम्झन्छन्, ‘मैले पढाई इन्जिनियरिङ्ग गरिरहेको भए पनि मनमा भने म व्यवसायतिर नै लाग्नुपर्छ भन्ने थियो ।’ पढाइमा सानैदेखि अब्बल रहेका जोशीले राम्रै अंक ल्याएर इन्जिनियरिङ्ग पास गरे । पछि उनका बुबाको चाहाना थियो, छोरोले सरकारी जागिर खाओस् । तर चन्द्रदिपको मन भने लोकसेवा भन्दा पनि व्यवसायमा थियो ।
वि।सं। २०७१ सालमा न्यु प्लानेट इन्जिनियरिङ्ग सर्भिसेज प्रालि नामक कम्पनी स्थापना गरेर उनले आफ्नो व्यवसायको सुरुवात गरे । सिभिल इन्जिनियरिङ्ग सम्बन्धी कार्यहरूको परामर्शदाताका रूपमा कामको सुरुवात गरेका उनले आफ्नो कम्पनीलाई उत्कृष्ट परामर्श दाताको रूपमा चिनाउन सफल भएका छन् । ‘हामी गुणस्तरमा विश्वास गर्छौ, त्यसैले पहिलो प्राथमिकता भनेकै काम अनि गुणस्तर नै हो,’ जोशी भन्छन् । सधैँ केही न केही नयाँ गर्ने हुटहुटी लागिरहेने चन्द्रदिपलाई फेरि नयाँ व्यवसाय सुरु गर्ने इच्छा जाग्यो । जसको नाम जुराए उज्यालो बिजनेस ग्रुप ।
उज्यालोमा केही साथीहरूलाई समेटेर उनले डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गरे । पेप्सीकोलामा एउटै कम्पाउन्ड भित्र मार्ट र रेस्टुरेन्ट सञ्चालन गरिरहेका चन्द्रदिपको आफ्नो ब्रान्डलाई देशव्यापी बनाउने दीर्घकालीन योजना छ । मार्ट र रेस्टुरेन्टमा सुदूरपश्चिमका उत्पादन र परिकारहरूलाई पनि विशेष प्राथमिकतामा राखिएका छन् । ‘हामीले मार्टमा सुदूरपश्चिमका उत्पादनहरू जोरायली वास्मती चामल, अदुवा, लसुन, जुम्लामा उत्पादन हुने खाद्यान्न लगायतका सामाग्रीहरू राखेका छौ’ उनले भने ।
उनका बुबा पूर्व गाविस सचिव हुन् । त्यसैले पनि होला छोरो पनि सरकारी जागिरे होस् भन्ने बुवाको चाहाना थियो । छोराको चाहाना सरकारी जागिरमा छैन भन्ने बुझेपछि उनका बुबा केही समय चन्द्रदिपसँग रिसाए । उनी भन्छन्, ‘सुरुमा बुबा पनि केही समय रिसाउनुभयो तर अहिले भने खुसी हुनुहुन्छ ।’ देशमा केही उद्यम गरेर रोजगारीको सिर्जना गर्ने उद्देश्य उनको थियो ।
उनी भन्छन्, ‘हामीले देशबाट मात्रै धेरै आशा गर्ने भन्दा पनि आफूहरूले पनि सकेको योगदान गर्नुपर्छ ।’ उनी समाजमा केही नवीन योगदान गर्दै आफ्नो बाटो आफैँ बनाउन चाहन्थे । सुरुवात दिन भने उनले सोचे जस्ता थिएनन् । सामान्य परिवारका चन्द्रदिप पारिवारिक रूपमा लगानी गर्न सक्ने अवस्था पनि थिएन । तर निरन्तर मिहिनेत र लगानी जुटाउँदै आफ्नो सपना पुरा गर्न भने उनी तल्लीन रहिरहे । जसको प्रतिफल उनले पाएका पनि छन् । ३० वर्षकै उमेरमा करोडौँको कारोबार गर्न सफल भएका छन् चन्द्रदिप । उहिले उज्यालो उनको ३ करोड भन्दा बढी लगानीमा सञ्चालन छ । न्यु प्लानेटको सम्पत्ति १० करोड भन्दा माथि रहेको उनी बत्ताउँछन् ।
जोशी ग्रुप विल्डर्स एण्ड सप्लायर्स प्रालिको पनि उनी नेतृत्व गरिरहेका छन् । उनले ३५ जनालाई रोजगार दिएका छन् । रोजगारीको अवसर सिर्जना गर्न सकेकोमा उनी आफ्नो सफलता ठान्छन् । चन्द्रदिपलाई व्यवसायमा मात्रै होइन सामाजिक क्षेत्रमा पनि काम गर्ने त्यत्तिकै रुचि छ । विभिन्न बालआश्रम, बृद्धाआश्रम लगायत गरिब, दिन दुखीहरूलाई चन्द्रदिपले निस्वार्थ भावनाले सहयोग गरिरहेका हुन्छन् । ‘म व्यवसायमा निरन्तर लागिरहे र सफलता पाएभने मेरो एउटा ड्रिम प्रोजेक्ट छ,’ चन्द्रदिप सुनाउँछन् ।
कैलालीमा निःशुल्क रूपमा सेवा दिन सकिने क्यान्सर अस्पतालको स्थापना गर्ने उनले ठूलो सपना बोकेका छन् । उनकी दुई आमा हुन् । पहिलो श्रीमतीबाट सन्तान नजन्मिएपछि उनका बुबाले दोस्रो विवाह गरे । दोस्रो आमाबाट जोशीको जन्म भयो । जोशी दम्पतीका उनी एक्ला सन्तान हुन् । उनकी पहिलो आमा हिरादेवी जोशीको पाठेघरको क्यान्सरका कारण मृत्यु भयो । अन्तिम अवस्थामा क्यान्सर भएको पत्ता लागेका कारण बचाउन सकिएन । आमालाई बचाउन नसकेको पिडाले उनलाई बेला बेलामा झस्काइरहन्छ । त्यसैले उनमा क्यान्सर पीडितको उपचारका लागी निःशुल्क उपचार गर्न सकिने अस्पतालको स्थापना गर्ने सोच आएको रहेछ ।
कोरोना महामारीको समयमा उज्यालो बिजनेस ग्रुपले धेरै दिन सम्म प्रत्येक दिन ३ सय जनालाई पशुपति क्षेत्रमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको थियो । व्यवसायमा नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व वहन गर्नु पनि आफ्नो जिम्मेवारी रहेको उनी बत्ताउँछन् ।
राज्यले लगानी मैत्री वातावरण सिर्जना गर्न नसकेकोप्रति भने उनको गुनासो छ । दीर्घकालीन युवा लक्षित कार्यक्रमहरू मार्फत सरकारले पर्याप्त रोजगारीको सिर्जना गर्नु पर्नेमा जोशी जोड दिन्छन् । सम्पूर्ण कुराहरूमा राज्यको नै भर नपर्नु पर्ने तर राज्यले सहयोगीको भूमिका चाहिँ खेल्नु पर्ने उनको तर्क छ । ‘दृढ इच्छा शक्ति बोकेर निरन्तर मिहिनेत गर्ने हो भने कुनै पनि काममा सफलता हासिल गर्ने सकिन्छ,’ उनी थप्छन्, ‘आफ्नो काम र पेसा प्रति इमानदार हुन पनि त्यत्ति नै जरुरी हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी आर्थिक वर्ष २०८२-८३ को तयार भयो ‘बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
फागुन १७, २०८१ शनिबार
संघीय समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
सरकारले आन्तरिक ऋण प्रयोजनका लागि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा राख्यो
फागुन १५, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार