यूएईलाई हराएर हङकङले एसिया कपमा स्थान सुनिश्चित गर्यो
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १४:९:१२
९ भदौ, काठमाडौं । युएईमाथि ८ विकेटको जितसहित हङकङले एसिया कप टी-२० क्रिकेट २०२२ मा स्थान सुनिश्चित गरेको छ । बुधबार सम्पन्न एसिया कपको छनोट खेलमा युएईले प्रस्तुत गरेको एक सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा मात्र दुई विकेटको क्षतीमा पूरा गर्यो ।
हङकङका लागि यासिम मुर्ताजाले ५८ र बाबर हायातले अविजित ३८ रनको योगदान गरे । त्यस्तै, कप्तान तथा ओपनर निजाकत खानले ३९ रन जोडे । युएईका बासिल हामेद र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको युएई १९.३ ओभरमा मात्र १ सय ४७ रनमा सीमित भएको थियो । युएईका लागि कप्तान रिजवानले ४९ र जवारले ४१ रन जोडे । हङकङका इशान खानले ४ र आयुष शुक्लाले ३ विकेट लिए ।
३ खेलमा सतप्रतिशत नतिजा ल्याएको हङकङको ६ अंक रह्यो भने कुवेतको समान खेलमा ४ अंक रह्यो । युएईको २ अंक रह्यो भने सिंगापुरले अंक खाता खोल्न सकेन । हङकङले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा भने श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार