विदेश जान लागेका ७३ महिला काठमाडौं एयरपोर्टबाट फर्काइए
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १७:५४:३०
९ भदौं काठमाडाैं । भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई विमानस्थल प्रहरीले फर्काइदिएको छ ।सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो ।
रातको उडानमार्फत महिलाहरु विदेश उड्ने गरेका थिए । उनीहरुको भिसा सक्कली नै भएपनि भिसाको लागि पेश गरेको कागजात नक्कली भएको प्रहरीको भनाइ छ । धेरैजसो खाडी मुलुक र मध्यपूर्वी देशमा जान लागेका महिलाहरु विमानस्थलबाट फर्काइएका हुन् ।
फर्काइएका महिलाहरलाई माइती नेपालको संरक्षणमा राखिएको छ । विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीका अनुसार, हिजो र आज गरी ७३ महिलालाई विमानस्थलबाट फर्काइएको हो । विमानस्थल प्रहरीले हिजो ३९ जनालाई फर्काएको थियो भने आज ३४ जनालाई फर्काएको छ ।
अहिले पनि थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले फर्काउनेको संख्या बढ्ने अनुमान गरेको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा भिजिट भिसामा जाने महिलाहरुलाई फर्काएका हुन् । ती महिलाहरु दलालहरुमार्फत भिजिट भिसामा रोजगारीका लागि जाँदै गरेको सूचना प्रहरीले थाहा पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार