जब अल्फा बिटाका प्रतिनिधिले आफ्नै भवनको नक्सा बालेनसँग मागे
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १८:२९:१८
९ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ । अवैध संरचना हटाउने क्रममा अल्फा बिटा कम्प्लेक्स पुगेका प्रमुख बालेन्द्र साह र कम्प्लेक्सका सञ्चालकबीच दोहोरो सवाल जवाफ भएको हो ।
अल्फा बिटा कम्प्लेक्स पुगेका प्रमुख बालेन्द्र साहले उक्त भवनको नक्सा खोजेका थिए । कम्प्लेक्सका प्रतिनिधिले महानगर प्रमुख साहलाई नक्सा देखाउन भने । साहले भने, “तपाईको घरको नक्सा मसँग हुन्छ ?”
अल्फा बिटाका प्रतिनिधिले प्रमुख बालेनसँग जङ्गिएर नबोल्न भन्दै खाली गराउने कागजात मागे । प्रतिनिधिले भने, “कानुनको पालना सबैले गर्नुपर्यो, महानगर पनि कानुनी प्रकृयाबाटै आउनुपर्यो ।” जवाबमा प्रमुख बालेनले हातमा राखेको सूचना देखाउँदै भने “यत्रो ३५ दिने सूचना निकालेको देख्नुभएन, महानगरभित्रका साढे दुई लाख घरधनीलाई एक एक गरेर सूचना दिन मिल्छ ?”
बालेनको उत्तर मिश्रित प्रश्नपछि अल्फा बिटाका प्रतिनिधिले कागजातसहित महानगरमा आउने बताए । उनले भने, “हामीले राज्यलाई कर तिरेका हौं, यसरी गर्न भएन ।” बालेनसहितको महानगरको टोलि अगाडि बढे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार