व्यास नगरपालिकामा एक करोड पच्चीस लाख राजश्व संकलन
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १९:१२:१५
९ भदौ, तनहुँ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व संकलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व संकलन गरेको हो ।
नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि संचालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
सो नगरपालिकाभित्र लिफ्टिङ खानेपानी योजना र सडक बत्तीमा स्थानीय उपभोक्ताबाट भुक्तानी भएको मासिक विद्युत् महसुलको विवरण वडा कार्यालयमार्फत हुने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारबाट व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि रु तीन करोड विनियोजन भएको छ । बोलपत्र प्रक्रियाबाट प्रारम्भ हुने योजनाको २०७९ पुस मसान्तभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउने , २०८० जेठ मसान्तभित्र योजनाको मूल्यांकन र भुक्तानीको व्यवस्था मिलाउने गरी कार्यतालिका बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार