कांग्रेसलाई दबावमा राख्न वाम–समाजवादी मोर्चा
देवेन्द्र चुडाल
भदौ ९, २०७९ शुक्रबार १:१५:३३
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु आ आफ्नो पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ कसरी पूरा गर्ने भन्ने राण्नीतिका साथ अघि बढ्दै गएका छन् । खास गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरु दलका भन्दा अलिक फरक ढगले आफ्नो स्वार्थ पूरा गर्ने तर्फ उन्मुख हुँदै गएका छन् ।
केही दिन पहिला डा. बाबुराम भट्टराईलाई आफ्नो पार्टीको निर्वाचन चिन्ह्रबाटै निर्वाचनमा जान सहमत गराएका थिए डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका भएपनि अब सो पार्टी निर्वाचनपछि माओवादी केन्द्रमा समाहित हुने निश्चित भएको छ । पार्टी माओवादी केन्द्रमा समाहित हुनका लागि पहिलो खुड्किलोमा माओवादी केन्द्रकै निर्वाचन चिन्ह्र लिएर चुनावमा जाने सहमति हो ।
त्यसैगरी नेकपा एमालेबाट अलग भएका वामदेव गौतम समेत माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत भएका छन् । उनले पार्टी निर्माण गरेको भएपनि उनको पार्टीले आकार लिन नसकेको र नेकपा एमालेमा फर्किँदा समेत उमेर हदको कारणले उनी प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेपछि उनीपनि माओवादी केन्द्रकै बुई चढेर एक पटक प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर माओवादी केन्द्रकै निर्वाचन चिन्ह्र लिएर निर्वाचनमा जान तयार रहेका छन् । वामदेव गौतमको पार्टीलाई माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई सिट र प्रदेशसभामा ३ सिट दिने सहमति भएको भएपनि गौतमले निर्वाचन जित्न सक्नेमा आशंका गरिएको छ ।
अर्कातर्फ नेकपा एकीकृत समाजवादी पार्टीले पनि पार्टी एकता संयोजन समिति बनाएको छ । माओवादीका अध्यक्ष दाहाल र समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले भन्दा ठुलो शक्ति बन्ने महत्वकांक्षा सहित वाम–समाजवादी मोर्चाको रणनीति अघि सारेका छन् ।
वामपन्थीहरुको मात्र मोर्चा बन्दा वामपन्थी बाहेकका अन्य दलहरु मोर्चामा आउन समस्या हुने भएकाले उनीहरुले वाम–समाजवादी मोर्चाको रणनीति लिएका छन् । केही दिन पहिला दाहाल–नेपालसहितका दुवै पार्टीका शिर्ष नेताहरुले घण्टौ घण्टा त्यस विषयमा छलफल गरी माओवादी केन्द्र र एकीकृत समाजवादी एकताको लागि संयोजन समिति बनाउने निर्णय गरेका हुनाले एकीकृत समाजवादी पार्टी समेत माओवादी केन्द्रमा समाहित हुने क्रममा रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले भने जनतामा वामपन्थी दलहरुको नराम्रो प्रभाव परेको हुनाले पार्टीको नाम नै परिवर्तन गर्नुपर्ने धारणा माधव नेपालसहितका नेताहरुसँग राखेका भएपनि माधव नेपालले भने कम्युनिष्ट पार्टी भनेर नेकपा एमालेलाई मात्र देखाउन नहुने भन्दै उपर्युक्त नाम राख्नुपर्ने राय दाहालालाई दिएका छन् । दाहाल नेपालको रणनीति भनेको वाम गठबन्धनले प्रत्यक्ष र समानुपातिक तर्फ गरी बहुमत ल्याउन सकेको खण्डमा दाहाल प्रधानमनत्री बन्ने र नेपाल पार्टी अध्यक्ष बन्ने गोप्य सहमति गरेको उनीहरु निकट सूत्रले दाबी गरेका छन् ।
केही दिन पहिला ललितपुरको हात्तिवनस्थित एक निजी घरमा दाहाल नेपाल सहितका केही नेताहरुको बैठकले अबको केही दिनमै पार्टी एकताका लागि संयोजन समिति बनाएर त्यसको घोषणा गर्ने र आगामी निर्वाचनमा दुवै पार्टीको एउटै घोषणापत्र बनाउनेमा दाहाल नेपााल सहमत भएका छन् । दुई पार्टी बीचमा विचार, राजनीति, कार्यनीति बनाउने र निर्वाचनमा दुवै पार्टी मिलेर उम्मेदवार तय गर्ने विषयमा सहमति गरेका छन् ।
बैठकमा माधव नेपालले भनेका थिए हामीले पहिलो बैठकमै पार्टी एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छौँ भन्दै हामीले पार्टी एकताका लागि संयोजन समिति नै बनाइसकेकाले अब माओवादी केन्द्रले समेत तत्काल पार्टी एकता संयोजन समिति बनाओस् भन्दै आफ्ना कुरा राखेका थिए । माधव नेपालकै आग्रहमा दुई पार्टीका अध्यक्ष सहितका वरिष्ठ नेताहरुको पहिलो बैठक केही दिन अघि सम्पन्न भएको छ ।
दाहाल नेपालले जसरी भएपनि नेकपा एमाले भन्दा ठुलो पार्टी बन्ने रणनीतिका साथ अघि बढेका भएपनि अहिलेकै अवस्थामा त्यो सम्भव देखिएको छैन । माधव नेपालको पार्टी निर्माण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर ठुलो सहयोग गरी माधव नेपाललाई पार्टी अध्यक्ष बनाएका थिए । अब दाहाल नेपाल मिलेर देउवालाई पहिला प्रधानमन्त्री बनाइदिएको भएपनि आउँदो निर्वाचनपछि फेरी देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीतिमा उनीहरु लागि परेका छन् ।
दाहाल नेपालको सहकार्यलाई सत्ता साझेदार कांग्रेसलाई दबावमा राख्ने रणनीतिका साथ ल्याइएको प्रष्ट रुपमै देखिएको छ । दाहाल र नेपालबीचको सहकार्य अहिलेको नभएर तत्कालिन नेकपा हुँदै देखिएको हो । नेकपा हुँदापनि दाहाल–नेपाल एकै ठाउँमा उभिएका थिए । अहिले पनि उनीहरु एकै ठाउँमा पुगेका हुनाले त्यसको असर कांग्रेसलाई पर्न सक्छ । निर्वाचनको लागि सिट बाँडफाँडमा कुरा नमिलि रहेको बेला दाहाल नेपाल बीचा भएको सहमति र पार्टी एकताको कुराले गर्दा कांग्रेस दबावमा परेको छ ।
दाहाल नेपालले अब कांग्रेससँग घटीमा ८० सिटको बार्गेनिङ्ग गर्न सक्ने सम्भावना रहेको छ । अहिले एउटै घोषणापत्रमा निर्वाचन लड्ने भनिएपनि अन्तिम समयमा उनीहरु एउटै निर्वाचन चिन्ह्र लिएर चुनावमा जान सक्ने सम्भावना समेत देखिएको छ । उनीहरुले भन्ने गरेको वाम–समाजवादी मोर्चा दिर्घकालिन रणनीति हुन सक्छ । वाम–समाजवादी मोर्चा नेकपा एमाले विरोधी हो भन्ने सन्देश फैलाउने क्रममा दाहाल नेपाल सक्रिय भएका छन् भने आफूहरु एक भएको अर्को सन्देश दिएर कांग्रेसलाई आफ्नो दबावमा राख्ने भित्रि रणनीति समेत यो हुन सक्छ ।
वाम–समाजवादी मोर्चा हुँदै पार्टी एकता प्रक्रियामा जाँदा दिर्घकालिन रणनीति बनाउनुपर्ने हुन्छ । तत्कालका लागि नेकपा एमाले भन्दा ठुलो पार्टी बनाउने क्रममा दाहाल नेपाल एकै ठाउँमा उभिन सक्ने अवस्था देखिएकोले गर्दा माधव नेपाालको पार्टीमा रहेका केही नेताहरु माओवादीमा जानुभन्दा नेकपा एमालेमै फर्किन सक्ने सम्भावना रहेको छ । केही नेताहरुले त माधव नेपालले दाहालको सल्लाहनुसार नै पार्टी विभाजन गराएको रहेछन् समेत भन्न थालेका हुनाले पनि माधव नेपालको भित्री उदेश्य के रहेछ भन्ने प्रष्ट भएको छ ।
दाहाल नेपालको भित्री रणनीति भनेको कांग्रेसलाई दबावमा राखेर घटीमा प्रत्यक्षतर्फ ८० सिटको अडान राख्ने तयारीमा उनीहरुरहेका छन् । त्यही कारणले गर्दा अहिले सिट बाँडफाँडमा कांग्रेसलाई दबावमा राख्ने र नेकपा एमालेलाई दोस्रो ठुलो शक्ति बन्नबाट रोकेर उसलाई वामपन्थी दलको दोस्रो शक्तिमा झार्ने रणनीतिक उदेश्यका साथ उनीहरु सक्रिय भएका छन् ।
अब एकता संयोजन समितिमा दुवै पार्टीका शिर्ष नेताहरु रहेको ५÷५ जनाको समिति बनाउने र चुनाव अघि चाँहि पार्टी एकता गर्दा नेकपा एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा फर्किन सक्ने भएकाले उनीहरुलाई रोक्न निर्वाचन पछि मात्र पार्टी एकता गर्ने रणनीति दुवै पार्टीले लिएका छन् । नेकपा एकीकृत समाजवादीले भाद्र १ गते नै दाहालको सल्लाहनुसार एकीकृतको सचिवालय बैठकले वाम एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरी सकेको छ । माओवादी केन्द्र र नेकपा एकीकृतले घोषणा पत्र बनाउने समिति बनाईसकेका भएपनि अब दुवै पार्टीको समर्थनमा चुनावी घोषणपत्र बनाउने समिति बन्ने भएको छ ।
अहिले नै एउटै निर्वाचन चिन्ह्र लिएर जनताकहाँ जहाँ समानुपातिक मतमा फरक पर्ने भएकाले गर्दा र आ आफ्नो पक्षका मतदाताहरुलाई आ आफ्नो पक्षमा समानुपातिक तर्फको मतदान गराउने रणनीति उनीहरुले लिएको र निर्वाचन सकिएपछि दुवै पार्टीले पाएको समानुपातिक तर्फको मतबाट सांसद चुनिएपछि मात्र पार्टी एकता गर्ने रणनीतिमा उनीहरु लागेका छन् ।
यसरी फेरी माओवादी केन्द्र र नेकपा एकीकृतले जनतालाई झुक्याउने रणनीतिक योजना बनाएका हुनाले अब जनता नै सजग हुनु आवश्यक छ । निर्वाचन पछि यदि वाम–समाजवादी मोर्चा दोस्रो ठुलो पार्टी बनेको खण्डमा एक्लै सरकार निर्माण हुन नसक्ने अवस्था आएमा दाहाल नेपालले कांग्रेससँग आलोपालोका साथ प्रधानमन्त्री बन्ने प्रस्ताव लैजाने भएका छन् । आलोपालो प्रस्तावमा दाहाल नेपाल पनि आलोपालो कै प्रधानमन्त्री बन्ने सहमत दाहाल नेपालले समेत गरेको नेपाल निकट एक सूत्रले बताएको छ ।
बाबुराम भट्टराई र वामदेव गौतमलाई समेत सिटको बाँडफाँड गर्नुपर्ने भएकाले उनीहरुलाई सिट बाँड्दा कांग्रेसको भागबाट आधा र वाम–समावादी मोर्चाको भागबाट आधा दिनुपर्नेमा दाहाल नेपालले सहमति गरेर प्रधानमन्त्री देउवालाई सो प्रस्ताव समेत गरेका छन् । जे होस् माधव नेपालले नेकपा एमाले विभाजन गराएको रहस्य विस्तारै बाहिर आउँदै गरेकाले धेरै नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किने सम्भावना बढेर गएको छ । माधव नेपालको भित्री उदेश्य उनीहरुले बुझिसकेका र उनीहरु माओवादीमा जानुभन्दा पहिलाको आफ्नै घरमा फिर्ता आउने मुडमा पुगेको एक नेताले बताएका छन् ।
ढिलै भएपनि नेकपा एमाले विभाजनको रहस्य खुल्दै गएको छ । बाँकी पछि खुल्दै जाने प्रायः निश्चित रहेको छ । वाम–समाजवादी मोर्चा भनेको दाहाल नेपालबीचको मोर्चा हो । नेकपा एमाले बाहेकको वाम–समाजवादी मोर्चा भनेको हावाको महलमात्र हुने प्रायः निश्चित नै रहेको छ ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार