चन्दननाथ नगरपालिका नगर शिक्षा योजना निर्माणमा जुट्दै

नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २१:३:५९

९भदौ, जुम्ला। चन्दननाथ नगरपालिका नगर शिक्षाको पञ्चवर्षीय योजना निर्माण बनाउनमा जुटेको छ । नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चवर्षीय नगर शिक्षा योजना बनाउन थालेको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाइँले बताए ।
नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ । उनले भने, “नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोकत्वमा नौ सदस्यीय मूल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलागाइँको नेतृत्वमा छ सदस्यीय कार्यदल समिति गठनसमेत गरिएको छ ।” अहिले नगर योजनाको मस्यौदा तयार भएको छ ।
नगर योजनाले पाँच वर्षको शैक्षिक अवस्था, भौतिक पूर्वाधारको अवस्था, शिक्षक तथा जनशक्तिको अवस्था र सुधानुपर्ने विषय मुख्य रुपमा समेटिने भएको छ । नगर योजनाले नगरपालिकामा शिक्षा सुधार गर्नका लागि आवश्यक बजेट, खर्च र आगामी योजनाको विषयले महत्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख कठायले जानकारी दिए ।
नगरको शिक्षालाई सुदृढ गर्न प्रभावकारी योजना बनाउन नगरपालिकाका लागि परेको छ । शिक्षा नै विकासको पहिलो आधार भएकाले नगर शिक्षा योजनाले कसरी गुणस्तरीय र राम्रो गर्ने सकिन्छ भन्ने विषयमा सहयोग पुग्ने नगर प्रमुख कठायतले जानकारी दिए ।
नगर शिक्षाको मस्यौदामा छुटेका विषय पनि समावेश गर्ने सकिने नगरपालिको शिक्षा शाखाले जनाएको छ । नगरभित्र २७ विद्यालय रहेका छन् । पैतीस संघीय सरकारका र चार स्थानीय सरकारका गरी ३९ बालविकास केन्द्र नगरपालिकाभित्र सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार