नेकपा एस कालीकोटले गर्याे संघ र प्रदेशको उम्मेदवारी सिफारिस
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २२:३७:५१
९ भदौ, मान्म । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कालीकोटले आगामी मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस गरेको छ ।
एक मात्र सङ्घीय निर्वाचन क्षेत्रका लागि पाँच जनाको र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि आठ जनाको नाम सिफारिस गरेर प्रदेश तथा केन्द्रमा पठाइएको हो । संघीय निर्वाचन क्षेत्रका लागि तुलाराज विष्ट, लालबहादुर मल्ल, दानबहादुर विक, कृष्णकला पाण्डे, राजुसिंह दर्जीलाई नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव खडानन्द चौलागाइँले जानकारी दिए ।
“केन्द्रको निर्देशन अनुसार नै नाम सिफारिस गरेर पठाएका छौँ । ”उनले भने,“आगामी निर्वाचनको तयारीमा पार्टी लागेका कारणले उम्मेदवारको नाम छनोट गरेर पठाएका हौँ ।”दुई वटा प्रदेशसभा रहेको जिल्लामा प्रदेश९क० बाट कुर्मराज शाही, विजया विष्ट, रवीन्द्र शाही, आशा शाही नाम सिफारिस गरिएको सचिव चौलागाईँले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विश्वराज बम, तुलाराज सिम्खडा, दुर्गा शाही ९न्यौपाने० र जडेनी बमलाई सिफारिस गरिएको छ ।
यही भदौ १० गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्नेमा एकीकृत समाजवादीले जिल्ला कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकबाट सर्वसम्मत नाम सिफारिस गरेर पठाएका सचिव चौलागाईंले जानकारी दिए । “पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको छ ।” उनले भने,“पार्टी केन्द्रको निर्देशन अनुसार अहिले हामी गाउँ गाउँमा निर्वाचनका लागि अभियान नै सञ्चालन गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार