अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ? : बालेन साह
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २२:३८:१३
९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।
बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे । घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।
अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।
अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ रु
अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार