पेट्रोलपम्पका शौचालय प्रयोग गर्न दिन महानगरको आग्रह
नेपालबहस संवाददाता
भदौ ९, २०७९ शुक्रबार ४:५१:३४
९ भदौ, विराटनगर। महानगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित आज छलफल गरेको छ ।
विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । “महानगर बनाउने दायित्व यहाँका हरेक नागरिकको हो”, उनले भने, “त्यसो भएकाले पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि खुला गरौँ ।” पेट्रोलपम्पका शौचालयलाई सार्वजनिकरुपमै प्रयोग गर्न दिन उनले आग्रहसमेत गरे ।
उपप्रमुख शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “हामी सरसफाइ, सेनेटरी प्याड केकेमा हुन्छ सहयोग गर्न तयार छौँ । तर यसमा तपाईंहरूले सहयोग गर्नुप¥यो ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्तरुपमा लिने विश्वास व्यक्त गरे ।पेट्रोलिय डिलर्स एशोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले भने, “संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहर गर्ने समस्या आउनसक्छ त्यसतर्फ पनि सचेत हुनुपर्छ ।” एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल बिडलाले सार्वजनिक शौचालयकैरुपमा प्रयोग गर्दा पेट्रोलपम्पको सुरक्षामा भने चुनौती देखिने उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार