अर्थ मन्त्रालयले निर्वाचन खर्च घटाउन पत्राचार गर्यो
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार १७:४:४१
१० भदौ, काठमाडौं । अर्थ मन्त्रालयले आगामी निर्वाचनमा निर्वाचन आयोगबाट हुने खर्च दश अर्बभित्र राख्न सीमा तोकेको छ । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि दश अर्ब ९८ करोड बजेट माग गरेको थियो । तर मन्त्रालयले दश अर्बभित्र खर्च गर्न भनेको हो । आयोगले अर्थ मन्त्रालयको उक्त व्योहोराको पत्र बुधबार आएको जनाएको छ ।
आयोगका अनुसार मन्त्रालयले स्वीकृत गरे बमोजिम आयोगले अब विभिन्न शिर्षकका लागि विनियोजन गरिएको खर्च विवरण परिमार्जन गर्नेछ । आयोग स्रोतका अनुसार निर्वाचनमा परिचालन हुने जनशक्तिको बीमा, निर्वाचन शिक्षा तथा मतदान सामग्री खरिद शिर्षकको बजेट मिलाउनेछ ।
बोलपत्र आह्वान गरिएकोमा आयोगले तोकेको न्यूनत्तम मूल्यभन्दा कममा कबोल भए निर्वाचन सामग्री खरिद र जनशक्तिको बीमामा घटने सम्भावना छ । बिमाका लागि आयोगले करिब १६ करोड बजेट तय गरेपनि १० करोडभित्रै खर्च हुने अनुमान छ । आयोगले माग गरेको बजेटमा करिब ६ अर्ब जनशक्ति व्यवस्थापन शिर्षकमा छुट्याइएको छ ।
स्थानीय चुनावमा बीमा अन्र्तगत करिब चार करोड खर्च भएको थियो । तर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जनशक्ति दोब्बरले बढ्ने हुँदा बीमा शिर्षक अन्र्तगतको बजेट समेत बढ्नेछ । आयोगले बजेट परिमार्जन गरेपछि मन्त्रालयले स्वीकृत गर्दै खर्चको बाटो खोल्नेछ । उक्त प्रकृया केही दिनभित्रै सम्पन्न हुनेछ ।
स्थानीय निर्वाचनमा आयोगले दश अर्ब माग गरेकोमा मन्त्रालयले आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको थियो । तर पाँच अर्ब चार करोड मात्रै खर्च भयो । बाँकी रकम आयोगले फिर्ता पठाएको थियो । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब आठ अर्ब खर्च हुने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार