कामभन्दा गफ धेरै गर्ने ओली आगामी चुनावमा नराम्रोसंग बजारिन्छन् !
नेपालबहस संवाददाता
भदौ ११, २०७९ शनिबार १६:४०:२९
नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग मुलुक र जनताका लागि केही गर्ने क्षमता नभएपनि उनीसंग उखानटुक्का गर्ने क्षमता छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन निजिकिदैं गर्दा फेरिपनि उनको उखानटुक्का भन्ने र नानाथरी भाषण गर्ने क्रम सुरु भएको छ । उखानटुक्का र भारतको विरोध गरेरै दुई चोटि पार्टीका अध्यक्ष र तिन चोटि प्रधानमन्त्री बन्न सफल व्यक्ति हुन्, ओली ।
२०७२ असोज ३ गते नेपाल सरकारले संविधान जारी गर्दा भारतले नाकाबन्दी गर्यो । नेपाल भित्रिने सबै सामानहरु ठप्प पारियो । त्यही नाकाबन्दीको विरोध गरेर ओलीले माथि आए । आफू पार्टी ठूलो बनाउनका लागि ओलीले अनेकथरी भाषण गरे । जनता पनि उनीबाट प्रभावित बनेका थिए । भारतको जोडदार विरोध उनका लागि प्रधानमन्त्री बन्ने खुड्किलो बन्यो ।
२०७४ सालको चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो । स्थानीय र संसदीय चुनावमा एमाले पहिलो पार्टी बनेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपाल कै भएको ओलीले पटकपटक भन्दै आएका छन् । उक्त जमिन भारतले कब्जा गरेको ६० वर्ष भएको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भ्रमणका लागि भारत पुगे ।
तर, दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आफ्नो जग्गा फिर्ता गर्नुपर्ने माग राखेनन् । आफ्नो जमिन फिर्ता गर्नका लागि प्रस्ताव गर्न नसक्नु नै ओलीका लागि एउटा खुड्किलो हो । साँच्नै नै प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले मोदीको अघि आत्मसर्मपण गरेको हो भने यसको प्रत्यक्ष फाइदा एमालेले लिनेछ । एमालेले यस कुरा उठाएर आगामी चुनावका लागि भोट माग्ने निश्चित छ ।
आफ्नो भूमिका लागि पनि नेपाली जनताले एमालेलाई मत दिनेछन् । उनले भारतले कब्जा गरेको जमिन फिर्ता ल्याउछु भनेर बाचा गरि दिए भने जनताले एमालेलाई नै जिताउने छन् । यसअघि ओलीले गरेका कर्तुतहरु बिर्सिएर पनि उनको पक्षमा सबै जनता उभिने छन् । पछिल्लो समय राजनीतिक दलबाट वाक्कदिक्क भएका धमाधम स्वतन्त्र खोजिरहेका छन् । स्वतन्त्रहरु भकाभक अघि बढिरहेका छन् ।
तर, यसलाई पनि ध्यानमा राख्दै ओलीले थुप्रै योजना बनाएका छन् । उनले पछिल्लो समय नेपालको जग्गा फिर्ता ल्याउनुपर्छ । एमाले सत्तामा आएन भने मुलुक ठूलो दुर्घटनामा पर्छ । म र मेरो श्रीमती मरेपछि आफ्नो जायजेथो सबै राज्यको हुन्छ भनेर उनले पटकपटक सुनाउदै आएका छन् । त्यस्तै, उनले उपचारका लागि आफूसंग खर्चसमेत नभएको बताएका छन् ।
तर, उपचारका लागि सबैभन्दा धेरै राज्यको ढुकुटी दोहन गर्ने ओली नै हुन् । सरकारको खर्चमा उनको उपचार भइरहेको छ । यता, उनले आफ्नो सारा सम्पत्ति राज्यको नाममा पास गरिदिई सकेको दाबी गर्दै आएका छन् । तर, उनले कहाँको सम्पत्ति सरकारको नाममा पास गरिदिए योचाहि खुलाएका छैनन् । आफ्नो जन्मथलो झापाको कि भक्तपुरको बालकोटमा भएको घरजग्गा पास गरिदिएको हो, यो अहिलेसम्म बाहिर आएको छैन् ।
उनले बारम्बार भन्दै आएको एउटा कुराः मसंग उपचार गर्ने पैसा छैन् । तर, ओली र उनको आफन्तमा नाममा नेपाली र विदेशी बैंक गरी २२ खर्ब रुपैंया भएको बताइन्छ । अनि जनताको अगाडि कति नौटंकी देखाउने ? ओलीको सम्पूर्ण आवश्यकता राजयले पूरा गर्दै आएको छ । उनले खाने, लाउने, बस्ने, चढ्ने, सुरक्षालगायत सबै सेवासुविधाको खर्च सरकारले व्यहोर्दै आएको छ ।
भूपु प्रधानमन्त्रीले पाउनुपर्ने सम्पूर्ण सेवा उनले लिइरहेका छन् भने सांसद् भएर जनताले तिरेको करबाट तलबभत्ता पनि खाइरहेका छन् । तर, यो नाराले चाहि काम नगर्ने निश्चित छ । ओलीले जनताको विश्वास गुमाइसकेका छन् । उनीसंग उपचार गर्ने पनि रकम छैन् भन्दा कसले पत्याउने ? सरकारको खर्चमा देशविदेश गएर उपचार गर्नेलाई त आफ्नो खर्च किन चाहियो ?
पार्टीमा पनि आफ्नो नजिकका व्यक्तिलाई पद दिने । चुनाव नगराउने तर आफू निकटलाई भकाभक पद बाँड्ने । शंकर पोखरेल महासचिव पदमा चुनाव लडेका भए हार्ने व्यक्ति हुन् । तर, ओलीले चुनाव नै नगराइनकन उनको हातमा पद थमाइदिए । आफ्नो निकटस्थलाई पद दिने, जिम्मेवारी दिने, मन्त्री बनाउने ओलीकै बानीका कारण पार्टी फुटेर दुई टुक्रा बन्यो । एमालेमा जोडिएर तीन दशकसम्म काम गरेकाले ठाँउ पाएनन् ।
त्यत्रो वर्ष पार्टीका लागि खटिएकालाई ओलीले कहिले जिम्मेवारी दिएनन् । तर, भर्खरका नयाँले भटाभट टिकट पाए, सांसद् बने । यसको जल्दोबल्दो उदाहरण हुन्, कोमल वली । अघिल्लो दिनसम्म राप्रपा भोलिपल्ट एमालेको मनोनित सांसद् । अरु त हरेको हेरेकै । झापाबाट पनि ओलीको चुनाव हार्छन् भनेर सबैतिर चर्चा चुलिएको छ । काभ्रेबाट गोकुल बाँस्कोटा र भक्तपुरबाट महेश बस्नेतले चुनाव हार्ने कुरो भुसमा आगो फैलिएझैं फैलिरहेको छ ।
आउने चुनावमा एमालेले १० देखि १२ सिट मात्र जित्ने अनुमान लगाउन थालिएको छ । जनतासंग एमालेलाई भोट माग्ने अधिकार पनि छैन् । किन कि २०७४ सालमा पहिलो पार्टी बनाएर र सरकारमा पुर्याएको एमालेले आखिरी के गर्यो ? प्रधानमन्त्री पद सम्हाल्न नसकेर ओलीले दुई पटक संसद् विघटन गरे । अब जनताहरु एमालेको हावा कुराको पछि लाग्ने छैनन् ।
वृद्धभत्ता बढाइदिन्छु भनेर यसअघि भोट लिए । तर, अब यसले पनि जादु देखाउने छैन् । सरकारमा त्यत्रो महिना बस्दा पनि वृद्धभत्ता पाँच हजार पुगेन् । एमालेका नेताहरुले जति नौटंकी गरेपनि अब जनताले पत्याउने छैनन् । चुनाव पछि एमालेको बिजोग हुन्छ । केपी ओलीको त हाल बेहाल हुन्छ । अब पनि प्रधानमन्त्री हुन्छु भनेर सोच्नु सपना मात्र हो । यो कुनै हालतमा पूरा हुने छैन् ।
बुढापाखाले भन्थेः समय समातेर समातिदैन्, खोलो छकेर छेकिन्न । ओलीले राम्रोसंग पार्टी र प्रधानमन्त्री चलाएको भए अरु पार्टीले अवसर पाउने अवस्था थिएन् । किन कि एमालेलाई जनताले धेरै विश्वास गरेका थिए । देशको प्रधानमन्त्री जस्तो पदमा बसेका ओलीले आफ्नो पार्टीका सांसद्लाई वालुवाटारमा बोलाएर बोल्ने नहुने कुरासमेत बोलेका छन् । सरकारको विरोध गर्नेलाई कालो अरिगांलजसरी विपक्षलाई गएर डाम्नुस भन्नेलाई जनताले बाँकी छोड्लान् ?
आफू बिरामी भएको बहाना बनाएर पार्टीको बैठकमा नजाने । उता, मन्त्रिपरिषद्को बैठक पनि वालुवाटार मै राख्ने । जतिखेर पनि आइया भनेर नौटंकी देखाउने । कहिले टिचिङ त कहिले विदेश दौडाउनुपर्ने । यस्ता रोगीलाई भोट दियो भने देशको हालत कस्तो होला ? मुलुक नै शिथिल बन्न बेर लाग्दैन् । जनता र राष्ट्रका लागि काम गर्नुपर्ने प्रधानमन्त्री कहिले वालुवाटारमा बाँसुरी बजाएर बस्ने ।
कहिले देशको केक बनाएर काटेर खाने । जनताले तिरेकै करबाट आफन्त र कार्यकर्तालाई बोलाएर चाडबाड मनाउने । सर्वोच्च अदालतले प्रधानमन्त्री पद चट् गरिदिएपछि मोटरसाइकलको र्याली निकालेर वालुवाटारबाट निस्किने । प्रधानमन्त्री निवासबाट बालकोट जान पनि रमिता देखाइयो । जनतालाई दुःख दिएर, ट्राफिक जाम गराएर बालकोट जाने । एमाले कस्तो पार्टी हो र पार्टीमा कस्ता व्यक्ति छन् यसको जवाफ जनताले पाइसकेका छन् । अब आउने चुनावमा एमालेलाई जनताले भित्तामा पुर्याइदिन्छन् ।
बालकोटको निवासको बरण्डामा बसेर उनले माधवकुमार नेपाललाई गद्दार भने । कुनै दिन उनलाई यसबारे पनि पछुतो लाग्न सक्छ । अब आउने चुनावमा पनि ओलीका आसेपासेले टिकट पाँउछन् । जनताले चाहेको र रोजेको व्यक्तिले टिकट पाउदैनन् । जसले गर्दा एमालेको नामोनिशान मेटिन्छ । एमाले यति चाँडो जनताबाट नङगिन्छ र कमजोर हुन्छ भनेर कसैले कल्पना गरेका थिएनन् ।
जनता शिक्षित भइसकेका छन् । उनीहरुले के काम गरिरहेका छन्, त्यसले कति फाइदा गर्छ, कति बेफाइदा हुन्छ भनेर जनताले हेरिरहेका छन् । राजनीतिक दलहरुको मूल्याकंन भइरहेको छ । प्रलोभनमा परेर भोट दिने क्रम बन्द भइसकेको छ । एमाले कमजोर भयो भनेर अरु पार्टी मात्तिए पनि अर्को चुनावमा उनीहरुको हाल पनि उही हो । जनताको दिएको जिम्मेवारी पूरा गर्ने नै अघि आउनेछन् । भोट दिइसकेपछि काम खोज्छन्, भाषण होइन् । ओलीको काम शुन्य छ भने गफ धेरै ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार