नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २०:२०:५६
१० भदौ, एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिए । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।
उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नो र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।
त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए ।
उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकाहरुको प्रभाव रहेको मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार