लुम्बिनीका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २१:४२:१७
१० भदौं बाँके । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । बाँके, बर्दिया र दाङमा सार्बजनिक बिदा दिइएको हो ।
प्रदेश सरकारले थारु जातिको बडका अटवारी पर्वका अवसरमा दाङ, बाँके र बर्दिया जिल्लाका उक्त पर्व मनाउने सम्बन्धित समुदायलाई आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । थारु समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्दछन ।
कसरी मनाइन्छ अटवारी पर्व ?
पश्चिम नेपालमा बसोबास गर्ने चौधरी समुदायले मनाउने यो पर्वमा दाजुभाइहरुले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । अटवारी पर्व दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकारहरु बनाउँछन् भने भोलि बिहान ७, ९, ११, १३ विजोडी प्रकारको तरकारी लगायतका खानेकुरा पकाएर दिदीबहिनीलाई कोसेली पुर्याइदिन जान्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरुले यो पर्वमा खल्लो महसुस गर्छन् भने कतिले दाजुभाइ दिदीबहिनी बनाउने पनि गरेका छन् ।
दाजुभाइहरु आज दिनभरि व्रत बसेर बेलुका फलफूल र विभिन्न थरिका रोटीका परिकार पकाउँछन् र भोलि बिहान विभिन्न थरिका तरकारीहरु बनाउँछन् । भोलिपल्ट बनाउने तरकारी ७, ९ वा ११ थरिका बिजोडी संख्यामा बनाउनुपर्ने मान्यता छ । त्यही परिकारहरु लिएर दाजुभाइहरु विवाहित दिदीबहिनीलाई भेट्न उनीहरुकै घर जान्छन् ।
आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व विशेषरुपमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा–चौधरी समुदायमा मनाइने गरिन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट यो पर्व शुरु हुन्छ ।
वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन पनि छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।
अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार