माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २२:५९:५०
१० भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।
समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो, यो माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको कुरा हो,’ अध्यक्ष केसीले भनिन्।
स्रोतका अनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।
उनीहरूको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामी मन्त्री बन्ने स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन। कर्णाली प्रदेश सभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुई जना मात्र मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार