मोबाइल व्यवसायीसँग नबिलको आकर्षक ब्याजदर र कर्जा सुविधाका बिषयमा छलफल
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शुक्रबार २३:२४:३२
१० भदौ, काठमाडौं । नबिल बैंकले भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा बैंकले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बैंकले मोबाइल व्यवसायीहरूको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट, फोन लोनको बारेमा छलफल गरेको थियो।
कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरू जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरू ल्याएको जानकारी गराए।
उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ।
त्यस्तै नबिल फोन लोनले व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल माध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ। त्यसैगरी उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए।
कार्यक्रममा ुचोरी नियन्त्रण र सतर्कताु शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो। प्यानल सदस्यहरूका रूपमा प्रहरी निरीक्षक सुजन केसी, नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याधो र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो। संवाद कार्यक्रमको सञ्चालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार