दोस्रो टी-ट्वान्टी खेलमा केन्याले नेपाललाई १८ रनले हरायो
नेपालबहस संवाददाता
भदौ १०, २०७९ शनिबार २:४२:३६
१० भदौ, काठमाडौं । केन्याले नेपाललाई १८ रनले हराएको छ । दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा केन्याले नेपाललाई १८ रनले हराउँदै पाँच खेलको श्रृखंलामा १–१ को बराबरीको स्थितिमा ल्याएको छ ।
केन्याले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउँदै नेपालले १९ ओभरमा मात्र ११४ रनमा समेटिन पुग्यो । नेपालका लागि आरिफ शेषले २५, आदिल अन्सारीले २०, रोहित पौडेलले २० तथा पवन सर्राफले १९ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।
१ रनमै दुई विकेट गुमाएर नेपालले कमजोर सुरुवात गर्यो । तर ओपनर पवन सर्राफले रोहित पौडेलसँग चौथो विकेटका लागि गरेको ३३ रनको साझेदारी नै नेपाली पारीको सर्वाधिक ठूलो साझेदारी रहन गयो । केन्याका लागि इ बुन्डी, ल ओलौच र भी पटेलले सामान दुई दुई विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलि केन्याले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रनको औसत योगफल तयार गर्यो । केन्याका लागि आर पटेलले सर्वाधिक ३५ तथा आई करिमले २२ र एन ओडिएम्बोले २९ रनको पारी खेले ।
नेपाली बलरहरुमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले सामान तीन तीन तथा करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार