परिपत्रअनुसार कांग्रेसका ७२ जना बाहिरिदा प्रदेशमा पनि देउवालाई असहज
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १५:२९:३८
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय मात्र हैन प्रदेशका पनि चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएपछि त्यसले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई प्रभावित बनाउने देखिएको छ । आफु उम्मेदवार बन्नै नपाउने नियम बनाइएको भन्दै उनीहरुले आफ्नो क्षेत्रका कांग्रेस उम्मेदवारहरलाई असहयोग गर्ने सम्भावना बढेको नेताहरु नै बताउँछन् ।
कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशनसहितको परिपत्र गरेपछि यसले अहिले कांग्रेसमा कलह उत्पन्न गराएको छ ।
महामन्त्री गगन थापाले ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएको दावी गरेका छन् ।
यता, कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’
जसअनुसार अहिले मन्त्रीसमेत रहेका प्रदेशका प्रभावशाली नेताहरू नै समानुपातिकबाट सांसद बन्न नपाउने भएका छन् । कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित ७२ जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।
परिपत्रअनुसार प्रदेश १ मा १३ जना, मधेस प्रदेशमा ११ जना, वाग्मती प्रदेसमा १४ जना, गण्डकी प्रदेसमा ९ जना, लुम्बिनी प्रदेसमा १२ जना, कर्णाली प्रदेसमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेताले समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्न नपाउने भएका छन् ।
प्रदेशहरुको विवरण यस्प्रकार छ ।
प्रदेश १ मा १३ जना
शेखर चन्द्र थापा
चन्द्र प्रसाद श्रेष्ठ
ज्योती सुब्बा
लिला सुब्बा
लोक प्रसाद संग्रौला
सन्जा कुमारी दनुवार
विध्यानन्द् चौधरी
प्रताप प्रकाश हाङगाम
ओम सरावगी
कल्पना कुमारी सरदार
नवोदिता कुमारी चौधरी
विन्दीया कार्की
शान्ता पौडेल
मधेस प्रदेशमा ११ जना
सरस्वती चौधरी
नरेश कुमार यादव
ओम प्रकाश शर्मा
शिवचन्द्र चौधरी
श्याम परि देवी
आशिया देवी थरूनी
शेष रसीद अली
मंजु कुमारी यादव
गीता कुमारी यादव
शोभा कुमारी लामा
प्रमिला देवी दास
वाग्मती प्रदेसमा १४ जना
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ्ग
न्हुच्छे नारायण श्रेष्ठ
सन्त बहादुर प्रजा
राधा घले
जीवन डंगोल
कल्पना नेपाली
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भिमसेन खत्री
गिता वाग्ले
बिजुला वर्मा
विजया श्रेष्ठ केसी
गण्डकी प्रदेसमा ९ जना
दोवाटे विश्वकर्मा
कुमार खड्का
कोपीला बोहोरा
ओमकला गौतम
मणीभद्र शर्मा कंडेल
मन कुमारी गुरूगं
सरीता गुरुङ्ग
ललितकला गुरुङ्ग
मेखलाल श्रेष्ठ
लुम्बिनी प्रदेसमा १२ जना
भुवनेश्वर चौधरी
रमा अर्याल
निर्मला क्षेत्री
बलदेव शर्मा पेखरेल
अर्जुन कुमार श्रेष्ठ
पुष्पा थरूनी
मो.याकुव अन्सारी
शान्तिदेवी वर्मा सोनार
रून्धावती दुवे शर्मा
रिना नेपाल वि.क.
माला गोतामे सुनार
बिरवहादुर राना
कर्णाली प्रदेसमा ५ जना
अमृता शाही
हिम वहादुर शाही
यज्ञ बहादुर बीसी
दिनवन्धु श्रेष्ठ
झोवा वि.क.
सुदुरपश्चिम प्रदेसमा ८ जना
दीव्यश्वरी शाह
देवराज पाठक
गोविन्द वोहरा
अम्वि कुमारी थापा
कुमारी नन्दा बम
श्याम लाल राना
टेक वहादुर रैका
उमा वादी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार