सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १५:३६:१०
१२ भदौ, सिन्धुपाल्चोक । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पु¥याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् ।
बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ । यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् ।
नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।
गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो । यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार