राष्ट्रिय खेलकुद सफल बनाउने दलका भ्रातृ संघ सङ्गठनको प्रतिबद्धता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_uqPkqdCEYO.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०७९ सोमबार ३:३३:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/football_stadium_in_Pokhara-scaled-e1606107715115_1le36PTFNI.jpg)
१२ भदौ, कास्की । प्रमुख राजनीतिक दल निकट खेलकुदका भ्रातृ संघ सङ्गठनले नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेशमा आगामी असोज २७ देखि कात्तिक ३ गतेसम्म आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको गौरवसँग जोडिएकाले सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनीहरूले विश्वास दिलाएका हुन् ।
राष्ट्रिय खेलकुदका सम्बन्धमा प्रदेश खेलकुद परिषद् गण्डकीले आज पोखरामा आयोजना गरेको सर्वपक्षीय भेलामा ती सङ्गठनले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर गौरवसँग जोडिएको प्रतियोगिता सफल बनाउन लागिपर्ने प्रतिवद्धता जनाइएका छन् ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सामूहिक उत्तरदायित्व रहेको बताए । उनले भने, “नवौं राष्ट्रिय खेलकुद सबै नागरिक र खेलप्रेमीहरुको साझा कार्यक्रम हो । यसलाई सफल बनाउनु साझा जिम्मेवारी हो ।”
नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले ४० वर्षपछि गण्डकीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौँ, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुनेछ ।”
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष जीवन खातीले १३औँ दक्षिण एसियाली खेलकुद ‘साग’ लगायतका विगतमा भएका खेलकुद कार्यक्रममा गरिएका कमिकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए। “विगतका कमीकमजोरी समीक्षा गर्दै अघि बढ्दा प्रतियोगितालाई भव्य बनाउन सकिन्छ । खेलकुदलाई साझा रुपमा बुझ्न आवश्यक मात्रै छैन साझा कार्यक्रमका साथ अघि बढ्न पनि आवश्यक छ,” उनले भने।
नेकपा(एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासङ्घका पूर्ण लामाले खेलकुदको महाकुम्भमा राजनीतिक विषयलाई पन्छाएर प्रतियोगिता सफल बनाउनुपर्नेतर्फ सबैको सामूहिक प्रयास हुनुपर्ने बताए। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुदको तयारी स्वरुप अहिले खेलाडी छनोटको काम भइरहेको बताए। जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन गरेर प्रदेशको टोली घोषणा गरिने उनको भनाइ छ ।
प्रदेशका ११ वटै जिल्लामा खेलाडी छनोटका लागि जिल्ला छनोट सम्पन्न भएपछि पोखरामा भदौ १५ देखि १८ प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन हुने परिषद्ले जनाएको छ । प्रदेशबाट अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म एक महिना आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राख्ने परिषद्को योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार