बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_uqPkqdCEYO.jpeg
)
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १३:४७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/Beni_Municipality_Mandir_oGgXJLnUzW.jpg)
१३ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो ।
बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।
“सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौँ”, उनले भने, “हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ ।” यसअघि ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो । सफ्टवयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो । वडा कार्यालयमा सफ्टवयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु नपर्ने, नजिक हुने, अनियमितता, अपारदर्शीता हट्ने र सेवा प्रवाह छिटो भएको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शीता कायम गर्न प्रभावकारी बनेको छ । यसैगरी योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवयर प्रयोगमा ल्याइएको छ । विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालेको छ ।
विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै वर्षदेखि थालिएको थियो । सेवाग्राहीको औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
नगरपालिका र वडाको सिफारिस, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ । प्राविधिकलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रु पाँच लाखसम्म बजेट विनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडासचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताए ।
नगरको सवै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार