भारतले पाकिस्तानलाई पाँच विकेटले हरायो
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १४:५१:४५
१३ भदौ, काठमाडौं । एशिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको छ । हार्दिक पाण्ड्याले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि अत्यन्तै रोमाञ्चक स्पर्धामा भारतले पाकिस्तानलाई हराउन सफल भयो ।
पाकिस्तानले प्रस्तुत गरेको १४८ रनको लक्ष्य भारतले खेल सकिन दुई बल बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि विराट कोहली र रविन्दर जडेजाले सामान ३५ रनको योगदान दिए । २० औं ओभरको पहिलो बलमा जितका लागि ७ रन आवश्यक छँदा संयमित पारी खेलेका रविन्दर जडेजा बोल्ड भएपछि भारत दबाबमा आएको थियो । तर पाण्ड्याले २० औं ओभरको चौथो बलमा छक्का लगाउँदै उत्कृष्ट अन्त्य गरे । उनले अविजित रहँदै ३३ रनको योगदान गरे ।
करण लोकेश राहुल पहिलो बलमै आउट भएपछि भारतीय पारी दबाबमा आयो । तर कप्तान रोहित शर्माले विराट कोहलीसँग दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेको पारी उकासे । शर्माले १२ रन बनाए । सूर्यकुमार यादवले १८ रनको योगदान दिए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले सर्वाधिक तीन तथा नसीम शाहले दुई विकेट लिए ।
त्यसअघि, यूएईमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाकिस्तानले १९ ओभर पाँच बलमा १४७ रनमा समेटिन पुग्यो । उत्कृष्ट लयमा रहेका कप्तान बाबर आजम मात्र १० रनमा आउट भएपछि अर्का ओपनर मोहम्मद रिजवानले उत्कृष्ट पारी खेल्दै ४३ रनको योगदान दिए । इफ्तिखार अहमदले २८ रन बनाएर पाकिस्तानको योगफल अगाडि बढाए ।
भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिए । हार्दिक पाण्ड्याले तीन, अर्शदीप सिंहले दुई तथा अवेश खानले एक विकेट लिए । पाण्ड्या खेलको म्यान अफ द् म्याच घोषित भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार