चौथो टी ट्वान्टी आज, नेपाललाई शृंखला जित्ने अवसर
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १५:५७:५१
१३ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल आज हुँदैछ । आजको खेलमा नेपाल जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।
बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको छ ।
सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवन सर्राफसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल छ । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी२० शृंखलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ ।
पाँच टी२० शृंखलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार