सर्वाधिक कर तिर्नेमा पर्यो सूर्य नेपाल, बैंकिङ तर्फ नबिल र एनआईसी अगाडी
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १७:३०:४८
१३ भदौ, काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल परेको छ । बैंक तथा वित्तीय क्षेत्रमा एनआईसी एशिया र नबिल बैंक अगाडी रहेका छन् । गत वर्ष बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक परेको थियो भने यस पटक नबिलभन्दा एनआईसी बैंक अगाडी आएको छ ।
प्रत्येक वर्ष जसो सर्वाधिक कर तिर्ने पहिलो नम्बरमा सूर्य नेपाल नै पर्ने गरेको छ । गतवर्ष पनि बढी कर तिर्ने कम्पनीहरूमा यही कम्पनी नै पहिलो नम्बरमा परेको छ । अघिल्लो वर्ष सर्वाधिक कर तिर्ने करदातामा सूर्य नेपाल नै पहिलो नम्बरमा थियो ।
अघिल्लो वर्ष नौ अर्ब ३४ करोड रुपैयाँ कर तिरेको यो कम्पनीले गतवर्ष १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ । यो कम्पनीले ठूला करदाता कार्यालय स्थापना भएदेखि नै सर्वाधिक कर तिर्दै आएको छ ।
ठूला करदातामा बुझाएको करको विवरणअनुसार गतवर्ष चारवटा कम्पनीले पाँच अर्बभन्दा बढी कर तिरेका छन् । पाँच अर्बभन्दा बढी कर बुझाउनेमा सूर्य नेपाल, नेपाल दूरसञ्चार कम्पनी, निजि ष्क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल, र खेतान समूहको गोर्खा बु्रअरी रहेका छन् ।
यी कम्पनीमध्ये सबैभन्दा बढी सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ भने नेपाल दूरसञ्चार कम्पनीले ९ अर्ब ८२ करोड, एनसेलले ७ अर्ब ५९ करोड र गोर्खा बु्ररुअरीले ५ अर्ब ८९ करोड रुपैयाँ कर तिरेका छन् ।
सूर्य नेपाल प्रालि सन् १९८६ मा स्थापना भएको कम्पनीको हो । यो कम्पनीमा भारतीय आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर रहेको छ । ३९ प्रतिशत सेयर नेपालीहरूको व्यक्तिगत र संस्थागत रहेको छ । कम्पनीले वार्षिक २४ अर्ब रूपयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । त्यस्तै कम्पनीले वार्षिक नाफा ९ अर्बभन्दा बढी गर्दै आएको छ ।
यस्तै बैंकहरु तर्फ अघिल्लो वर्ष सर्वाधिक आयकर तिर्नेमा पहिलो नम्बरमा नबिल बैंक थियो । तर, उक्त बैंकलाई तल पार्दै बढी कर तिर्ने बैंकहरूमध्ये पहिलो नम्बरमा एनआईसी एशिया बैंक पुग्न सफल भएको छ । गत वर्ष यो बैंक बढी कर तिर्ने बैंकहरूको दोस्रो नम्बरमा थियो । यो बैंकले गत वर्ष तीन अर्ब ४१ करोड रुपैयाँ कर तिरेको थियो ।
गतवर्ष बढी कर तिर्ने १० वटा कम्पनीमध्येमा पाँच वटा बैंक परेका छन् । बढी कर तिर्ने बैंकहरूमध्ये शीर्ष पाँचमा एनआईसी एशिया, नबिल, ग्लोबल आइएमई, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
त्यस्तै बढी कर तिर्ने बैंकहरूमध्ये पहिलो नम्बरमा रहेको एनआईसी एशियाले गत वर्षको भन्दा कम कर तिरेको छ । अघिल्लो वर्ष तीन अर्ब ६१ करोड रुपैयाँ कर तिरेको यो बैंकले गत वर्ष तीन अर्ब ४१ करोड रुपैयाँ कर तिरेको छ ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणले गत वर्ष करिब चार अर्ब रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष दुई अर्ब ९० करोड रुपैयाँ कर तिरेको प्राधिकरणले गत वर्ष तीन अर्ब ९९ करोड रुपैयाँ कर तिरेको हो ।
अघिल्लो वर्षको तुलनामा प्राधिकरणले गत वर्ष एक अर्ब रुपैयाँभन्दा बढी कर तिरेको थियो । वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी करयोग्य कारोबार गर्ने कम्पनीहरू ठूला करदाता कार्यालयमा सूचीकृत हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार