उम्मेदवार छनोटमा सहमति नजुटे सबै आकांक्षीको नाम केन्द्रमा पठाउनूः ओली
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार १८:३:२५
१३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियाबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार छनोट नगर्न निर्देशन दिएका छन् । उनले सहमति नभए आकांक्षी सबैको नाम केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।
आइतबार निर्वाचन परिचालन समितिको बैठकमा उनले एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न र नसके केन्द्रमा पठाउन निर्देशन दिएका हुन् । तीन जनाको नाममा सहमति हुन नसके क्षेत्रमा चुनावी प्रक्रिया नगर्न भनेका छन् ।
बैठकमा अध्यक्ष ओलीले चुनाव गर्दा गुटबन्दी मौलाएको र पराजित उम्मेदवारले अर्काे उम्मेदवारलाई चुनावमा सहयोग नगरेको उदाहरण गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पनि देखिएको भन्दै चुनावबाट उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।
उनले गठबन्धनका बिरुद्ध एक्लै लड्नुपर्ने भएकाले आफ्नै कमरेडहरुले निर्वाचन क्षेत्रमै मन दुखाउन पर्ने स्थिति आउन दिन नहुने बताए । एमाले आउँदो २२ गतेभित्रमा प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । परिचालन कमिटीबाट ३४ सदस्यी केन्द्रीय सचिवालय गठन गरेको एमालेको यही सचिवालयले उम्मेदवारको अन्तिम सूचि तयार पार्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार