पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित
नेपालबहस संवाददाता
भदौ १३, २०७९ सोमबार २२:२५:५८
१३ भदौ ,एजेन्सी । पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।
गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् ।
यस बर्षको प्राकृतिक प्रकोप तीस बर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।
अत्यधिक बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायतका घटना भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।
त्यसैगरी करिब सात लाख घर क्षतिग्रस्त भएका छन् भने १५० भन्दा बढी पुल भत्किएका छन् । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।
सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रीत गरिने जनाएको छ ।
बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार