नारी स्वतन्त्रता र तीजको अर्थतन्त्रः राजनीतिक दलहरुले तीजलाई कसरी उपयोग गरिरहेका छन् ?
भेषराज पोखरेल
भदौ १४, २०७९ मंगलबार १२:२०:११
तीजलाई नारी स्वतन्त्रताको पर्व पनि भनिन्छ । नारीहरुले आफूले चाहेको पति वरण गर्न आफूले आध्यात्मिक मेहनत गर्ने, आफैँ चिन्ने र अभिभावकलाई चाहेका वरसँग विवाह गरिदिन बाध्य पार्ने कार्यसँग तीज पर्व जोडिएको छ । अर्को, आफ्ना परिवारको सुस्वास्थ्यको कामनाका लागि खुसी तथा प्रफुल्लताका साथ आध्यात्मिक शक्ति आर्जन गर्न व्रत बस्ने तीजसँग जोडिएको छ । पछिल्लो समय भने यसलाई अलि अर्कै रुपमा व्याख्या गर्ने गएिको छ ।
तीजमा स्वतन्त्रताको कुरा होइन पुरुषप्रधान समाजको अझ पृष्ठपोषण गर्न पुरुष देवता शिवको पूजा गर्ने गरेको हो भनिँदै आएमो छ । शिव त्यस्ता देवता वा ईश्वर हन् जसले नारी शक्तिलाई उद्बोधन गराएर आफू बराबर स्थान दिएका छन् । पार्वतीले शिवको त्यही शक्तिलाई वरण गरेकी हुन् । उनले विष्णुलाई चाहिनन् जसलाई सबैले मन पराउँथे । तीजमा आमनारीले त्यसैको अभ्यास गरेका हुन् । मानिसको कस्तो स्वभाव छ ? केलाई शक्ति मान्ने ? ईस्वरीय शक्ति, ब्रह्माण्डीय शक्तिसँग कसरी एकाकार हुने भन्ने कुरा मानिस अनुसार फरक–फरक हुन्छ । यो वेदसँग पनि सम्बन्धित छ र योगसँग पनि सम्बन्धित छ । यो भौतिक विश्लेषणको आँखाले मात्रै हेर्ने कुरा होइन । यसलाई यत्तिमै छाडेर तीजको आर्थिक पाटो हेरौं, राजनीतिक पाटो केलाऔं ।
तीज धार्मिक पर्व मात्रै नभएर आर्थिक रुपमा पनि निकै महत्वपूण पर्व हो । नेपालमा वर्षात्को समयमा सुस्ताइरहेको अर्थतन्त्र तीज नजिकिँदा सक्रिय बन्न थालेको छ । नेपालमा तीजको समयमा सुनको व्यापार चलायमान हुन थाल्छ । यो वर्ष पनि तीजले सुनको व्यापारलाई चलायमान बनायो तर कोरोनाको महामारी नसकिँदा र रुस–युक्रेन युद्धका कारण सुनको मूल्य आकाशिँदा सुनको व्यापार अपेक्षित मात्रामा नभएको व्यापारीहरुले बताएका छन् ।
नेपालमा सुनको खपत ठूलो छ । गएको आर्थिक वर्षमा ५ हजार ५३ किलो सुन खपत भएको तथ्यांकले देखाएको छ । जसको मूल्य ३५ अर्ब ६१ करोड रुपैयाँ छ । त्यस्तै यो समयमा नेपालमा महिलाले लगाउने साडी, कुर्तादेखि अन्य कपडाको ठूलो व्यापार हुन्छ । गाउँ–गाउँमा यस्ता कपडाको व्यापार बढेर जान्छ । गाउँमा मात्रै होइन शहरमा पनि तीजमा महिलाले लगाउने कपडाको व्यापार बढ्ने गर्छ । साउन महिनामा मात्रै लगभग २१ करोड रुपैयाँका साडी आयात भएका छन् ।
यो वर्ष भने उपभोग्य सामग्रीको मूल्य अत्यन्तै बढेर गएकाले उपभोक्ताले अति जरुरी कपडाबाहेक अन्य कपडा नकिनेको व्यापारीहरुले बताएका छन् । अर्को, सौन्दर्य प्रसाधनका सामग्रीहरु पनि तीजको समयमा बढी बिक्नेमा पर्छन् । खाद्यान्न व्यापारमा पनि सक्रियता आउँछ तीजमा । केही वर्षअघि तीजमा पार्टी प्यालेसको व्यापार पनि बढेर जान्थ्यो, यो वर्ष भने पार्टी प्यालेसको व्यापार नभएको सञ्चालकहरुले बताएका छन् । विगतका वर्षहरुमा एक महिनाभन्दा बढी समयदेखि तीजका कार्यक्रमले तीव्रता पाउने गर्नाले पनि यस्तो व्यापार बढेर जान्थ्यो, अहिले त्यासो नभएकाले व्यापार नभएको व्यापारीको गुनासो छ ।
तीज धार्मिक, आर्थिकबाहेक राजनीतिले पनि भरपूर उपयोग गर्दै आएको छ । तीजको गीतबाट महिलाहरुले आफूले भोगेका दुःख, पीडाका गीत र रमालोका गीतको माध्यमबाट समाजलाई सन्देश दिने गरेकोमा अहिले तिनै गीतको माध्यमबाट राजनीतिको प्रचार प्रसार गर्न थालेको पनि देखिएको छ । राजनीतिक दलहरुले आफ्ना महिला संगठनमा संलग्न महिलाहरुलाई तीजको दर खुवाउने कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
एमालेले पाँचतारे होटलमै तीजको दर खुवाउने कार्यक्रमको आयोजना गर्यो । स्थानीय तहहरुमा पनि दलहरुले दर खुवाउने कार्यक्रम आयोजना गर्न थालेका छन् । यसले महिलाहरुलाई राजनीतिक रुपमा सक्रिय बनाउने गरेको छ भने दलहरुलाई चुनावी अभियान चलाउन सजिलो बन्न गएको छ । यस्ता तीजका कार्यक्रममा स्थानीय निकायको बजेट पनि दुरुपयोग गरेको पाइएको छ ।
दलहरुले महिलाहरु केन्द्रित तीज कार्यक्रम गरे पनि राजनीतिमा महिलाहरुलाई प्रत्यक्षरुपमा संलग्न गराउन भने कञ्जुस्याइँ गरिरहेका छन् । ठूला दलहरुले कार्यकारी पदमा महिलाहरुलाई लैजाने गरेका छैनन् वा सीमित महिलालाई स्थान दिएका छन् । अर्को, प्रत्यक्ष निर्वाचनमा महिलालाई टिकट अति सीमित मात्रामा दिने गरेका छन् । समानुपातिकमा सीमित गरेर ३३ प्रतिशत पुर्याउने बाध्यता पूरा गर्दै आएका छन् । यसले महिला सशक्तीकरणमा बाधा पर्दै आएको छ । महिला नेतृ तयार गर्न जुन प्रक्रिया अपनाउनु पथ्र्यो त्यसो गरिँदैन । उच्च पदमा जान रोक्ने तर सामान्य कुरामा सम्मान गर्नुको अर्थ रहँदैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार