प्रधानमन्त्री देउवासँग भारतको ‘नेशनल डिफेन्स कोर्ष’ भ्रमण दलको भेटवार्ता
नेपालबहस संवाददाता
भदौ १३, २०७९ मंगलबार ४:४३:४७
१३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको ‘नेशनल डिफेन्स कोर्ष’–६२ को भ्रमणदलले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टचार भेटवार्ता गरेको छ ।
भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमण दलका प्रमुख ‘एयर भाइस मार्शल’ तेजविर सिंहले आज शिष्टाचार भेटघाट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त शिष्टाचार भेटघाट पूर्व भ्रमण दलले जङ्गी अड्डाको भ्रमण गरेको थियो ।
भ्रमणको क्रममा भ्रमण दलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुभएको निर्देशनालयले जनाएको छ । सोही क्रममा, उक्त भ्रमण दलका प्रमुखले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेको थियो ।
भ्रमण दलले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटर, काठमाडौँ दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार तथा काठमाडौँ र पोखरामा अवस्थित विभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमण सम्पन्न गरी भदौ १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । विगतदेखि नै प्रचलनमा रहेको यस प्रकारको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार