लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १३:३:३
१४ भदौ, कञ्चनपुर। कञ्चनपुरमा बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवा पक्राउ पर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको झण्डै डेढ महिनामा तीन भारतीय सहित लागू पदार्थ मुद्दामा ३१ जनालाई पक्राउ गरिसकेको छ । “हरेक दिनजसो लागूऔषध कारोबार यससम्वन्धी कसुरमा पक्राऊ नपरेको दिनै छैन् ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले भने,“ युवा पुस्ता लागूऔषधको दुव्र्यसनमा लिप्त रहेको घटनाक्रमले देखाउँदै गएको छ ।”
उनले अभिभावक, समाज र स्थानीयदेखि माथिल्ला सरकारसम्मले लागूऔषध नियन्त्रणमा ध्यान नदिए अवस्था झन् चुनौतीपुर्ण बन्दै जानेप्रति सचेत गराए । चालु आवको साउदेखि आजसम्मको तथ्याङ्क अनुसार १२७.०१ ग्राम लागूऔषध खैरोहिरोइन, २.२४ ग्राम चरेश, नाईट्राभेट २५५ ट्यावलेट लगायतका लागूपदार्थ प्रहरीले बरामद गरेको छ । “ चालु आवमा लागूऔषध सम्वन्धी ११ मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अघि बढेको छ ।” प्रहरी निरीक्षक गिरीले भने,“ पछिल्लो समय डरलाग्दो रुपमा लागूऔषध दुव्र्यसन बढेको देखिन्छ ।”
जिल्लाभर सादा पोसाकदेखि मातहतका प्रहरी युनिट लागूऔषध नियन्त्रणमा खटिनुका साथै जिल्ला प्रहरी र सामुदायिक प्रहरी र ट्राफिक कार्यालय लागूऔषध सचेतना सम्वन्धी जनचेतानामुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । आर्थिक बर्ष २०७६/०७७ मा ५५ लागूऔषध सम्वन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा १४३ मुद्दा दर्ता भएर कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।
भारतीसित खुला सीमानाका जोडिएको कञ्चनपुरमा पुर्नबास, बेलौरी, बेल्डाँडी र दोधारा चादँनी नगरपालिका क्षेत्रबाट लागूऔषधसहित ओसारपसारमा संलग्नहरु बढी संख्यामा पक्राउ परेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयले २०७६ सालयता हालसम्म लागूऔषध ओसारपसारमा संलग्न ३३ भारतीयलाई कारबाहीको दायरामा ल्याइसकेको छ । प्रहरीले केही बर्षअघि बेलौरी नगरपालिकाको सीमाक्षेत्रमा लागूऔषध पैठारीमा संलग्नहरुसित दोहोरो झडप हुँदा एक भारतीय तस्कर प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीले लागूऔषध सम्वन्धी १४१ मुद्दा चलाएर कारबाही गरेको थियो । सो आर्थिक बर्षमा १० भारतीयसहित दुई सय ३० जना पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै २०७८/०७९ मा १४३ मुद्दामा १३ भारतीय सहित २३९ जनालाई कारबाहीको दायरामा ल्याइएको प्रहरी तथ्याङ्कले देखाएको छ । जसमा आठ जना महिला पनि छन् ।
गत बर्ष प्रहरीले ३३ किलो ९८५ ग्राम चरेश, ५८०.०६० ग्राम खैरोहिरोइन, नाइट्राभेट ट्याबलेट १ हजार ७४८ लगायतका लागूऔषध समेत बरामद गरेको थियो । जिल्लामा रहेको स्थानीय सरकार, स्थानीय प्रशासन, विभिन्न दातृ संघसंस्थाहरु लागूऔषध न्यूनीकरणका लागि सक्रिय रहेपनि खुला सीमानाका कारण चुनौती बनेको छ । लागूऔषध कारोबारीलाई भारतीय पक्षले सीमा क्षेत्रमा कडाई नगर्दा समेत यहाँ लागूऔषधको कारोबार बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार